कोशी प्रदेश , थपिए यी मन्त्री , गराईयो सपथ

विराटनगर , पुष २२ । कोशी प्रदेशका १० जना नयाँ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच नयाँ मन्त्रीहरुले शपथ लिएका हुन् ।
जसअनुसार काँग्रेसबाट भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुली, स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु, उद्योगमन्त्रीमा इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ रहनु भएको छ ।
यस्तै एमालेबाट खानेपानी मन्त्रीमा चिन्तन पाठक, आन्तरिक मामिला मन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिला मन्त्रीमा विदुर कुमार लिंथेप र सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतोले शपथ लिनुभएको छ । आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतमले शपथ लिनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन,सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता होइन : विश्वप्रकाश शर्मा

काठमाडौं,४ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताउनु भएको छ । बीपी स्मृति दिवसका

आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो : सभापति राई

काठमान्डौं, ४ साउन ।  राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता