अनुसन्धान जारी

बालिकाको हत्या आरोपमा एक जना पक्राउ

सिरहा,२३ पुस । सिरहाको कर्जन्हा नगरपालिकामा १७ वर्षीया बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिका–३ बटैया टोलका ४५ वर्षीय राम बालक चौधरी रहेका हुन।

मंसिर २२ गते दिउँसो कर्जन्हा–२ स्कुल टोलस्थित कमला सिँचाइ नहर नजिकै झाडीमा १७ वर्षीया बालिकाको शव फेला परेको हो। बालिका सिरहा कर्जन्हा–१ बाल्टियाकी बासिन्दा थिइन्। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका कार्यालयबाट संयुक्त टोली खटिएको थियो। जस अन्तरगत सूक्ष्म अनुसन्धानपछि प्रहरी टोलीले चौधरीलाई हिजो पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका उनीमाथि अहिले इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।

प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन,सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता होइन : विश्वप्रकाश शर्मा

काठमाडौं,४ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताउनु भएको छ । बीपी स्मृति दिवसका

आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो : सभापति राई

काठमान्डौं, ४ साउन ।  राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता