दमक , २५ पुष ।दमक ९ क्याम्पस मोड नजिक आज आगलागी भएको छ। पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुक्पा फ्याक्ट्री र भण्डारीकै निजी घरमा एकैसाथ आगलागी भएको हो ।
प्रारम्भिक जानकारी अनुसार आगलागी विद्युत् सर्ट सर्किटबाट भएको हुनसक्ने आशंका गरिएको छ। आगो तीव्र भएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गरे पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागि कमल गाउँपालिका, पथरी–शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका, उर्लाबारी नगरपालिका तथा दमक नगरपालिकाका दमकल प्रयोग गरिएको भए पनि आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ भने मानवीय क्षतिको विस्तृत विवरण पनि प्राप्त भइसकेको छैन । सुरक्षाकर्मी र दमकल टोली आगो नियन्त्रणमा जुटिरहेका छन्।

अमेरिका–साउदी आणविक सम्झौता प्रक्रिया सुरु
काठमाडौं ,१० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले साउदी अरेबियासँगको नागरिक आणविक ऊर्जा सम्झौता कांग्रेसमा पेश गरेसँगै पश्चिम एसियाको ऊर्जा बजारमा अमेरिका, चीन र








