इटहरीका विद्यालयमा विद्यार्थीमाथि शारीरिक–मानसिक यातना नदिन कडा निर्देशन

सुनसरी,२५ पुस । इटहरी उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिन कडा निर्देशन दिएको छ।

अनुशासनको नाममा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, डर–त्रास देखाउने, मानसिक दबाब सिर्जना गर्ने जस्ता क्रियाकलापबाट बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर परेको भन्दै उपमहानगरपालिकामा गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको छ । उपमहानगरपालिकाले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको बालबालिकाको मौलिक हक, बालअधिकार ऐन २०७५ तथा शिक्षा ऐन र नियमावलीमा स्पष्ट रूपमा शारीरिक वा मानसिक यातना निषेध गरिएको स्मरण समेत गराएको छ।


पत्रमा घर, विद्यालय वा अन्य कुनै स्थानमा बालबालिकामाथि शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने व्यवस्था रहेको उल्लेख गरिएको हो। विद्यालय व्यवस्थापन समितिलाई विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयन गर्न तथा शिक्षक–कर्मचारीहरूलाई बालमैत्री र मर्यादित शिक्षण सिकाइमा समर्पित हुन निर्देशन दिइएको हो।

विद्यार्थीमाथि कुनै पनि प्रकारको शारीरिक तथा मानसिक हिंसा नहोस् भन्ने उद्देश्यका साथ सबै विद्यालयहरूले आचारसंहिता निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उपमहानगरपालिकाले बताएको छ। पत्रमा उल्लिखित निर्देशनको पालना नगरेमा प्रचलित कानुन अनुसार कारबाही हुन सक्ने संकेत समेत गरिएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको