नाट्यशाला निर्माण यात्रामा पथरी शनिश्चरेको ‘शब्द थिएटर’

४ कठ्ठा जग्गा निःशुल्क प्राप्त भएपछि सर्जकहरु उत्साहित

पथरी, ३० पुस । सृजना क्षेत्रमा उर्बर उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरक्षेत्रमा आवश्यकता खड्किएको नाट्यशाला निर्माणका लागि प्राप्त भएपछि सर्जकहरु उत्साहित भएका छन् ।
स्थानीय समाजसेवी हिरा तिम्सिनाले वडा नम्बर २ मा अवस्थित साविक मधुमल्ला ६ ध, कित्ता नम्बर ६४७ को ४० लाख बढी मूल्यपर्ने ४ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेपछि सर्जकहरुमा उत्साह थपिएको हो । २ नम्बर वडाध्यक्ष नैना राईको समन्वयमा नाट्य गतिविधिमा सक्रिय ‘शब्द थिएटर’का लागि जग्गा व्यवस्थापन हुन पुग्यो । शब्द थिएटरले जग्गास्थलमा ‘नाट्यशाला निर्माणस्थल’को बोर्ड राखेर सर्जकहरुमाझ जानकारीमूलक कार्यक्रम राख्यो ।
कार्यक्रममा बोल्दै नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिका पूर्व अध्यक्ष एवम् वर्तमान कार्यपालिका सदस्य वीरध्वज शिवाले लामो समयपछि यसखाले अवसर प्राप्त हुनु ठूलो कुरा भएकाले खुसी व्यक्त गर्नुभयो ।

जनप्रतिनिधिको पहलमा भएको जग्गास्थललाई अब नाट्यसंगै सबैखाले सृजनाको थलोका रुपमा सो स्थललाई विकास गर्नुपर्ने सुझाव समेत दिनुभयो ।
कार्यक्रममा जग्गादाता तिम्सिनाले सृजना क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने दायित्व बुझेर आफूले सहयोग गरेको जानकारी गराउनु भयो ।
जग्गाप्राप्तिपछि सो स्थलमा नाट्यशाला निर्माणका लागि आर्थिक व्यवस्थापनको खाँचो रहेको जनाउँदै थिएटर अध्यक्ष अशोककुमार राईको अगुवाईका सर्जकहरुको टोली पथरी शनिश्चरे नगरपालिका कार्यालय पुग्यो । टोलीले नगर प्रमुख मोहनप्रसाद तुम्बापोलाई तत्कालका लागि नाट्यशाला निर्माणस्थल पुर्न र घेराबारा गर्न आर्थिक व्यवस्थापन मिलाउन अनुरोध ग¥यो । आधुनिक सुविधा सम्पन्न नाट्यशाला निर्माणका लागि नगरले आफूले र माथिल्ला निकायमा पहल गर्न समेत जोड दियो ।

 

नगर प्रमुख तुम्बापोले नगरले पनि सकेको सहयोग गर्ने र यसलाई प्रदेश र संघमा नगरकोतर्फबाट योजनाका लागि पहल गर्ने वचन दिनु भयो ।

जग्गाको तत्काल तारजालीसहितको घेराबाराका लागि २ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ । वडाले नै सो स्थलको नापजाँच गरेर स्टिमेट समेत तयार गरेको छ ।
जनप्रतिनिधिबाट सृजनाको मर्म बुझेर यसखाले पहल थालिनुलाई देश विदेशका सर्जकहरुले खुसी व्यक्त गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भीड,एक्लो मानिस र सङ्कुचित हुँदै हाम्रो संवेदनशीलता

विश्वका धेरै देशहरूले यस समस्यालाई सार्वजनिक नीतिको विषय बनाएका छन् । बेलायतले एक्लोपनसँग जुध्न विशेष रणनीति बनाएको छ र जापानले पनि सामाजिक अलगावको बढ्दो समस्यालाई ध्यानमा राख्दै छुट्टै सरकारी प्रणाली सिर्जना गरेको छ ।

बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं,१० साउन । आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै

डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

  धनगढी,१० साउन । विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती

जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

काठमाडौं ,१० साउन। भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि

हेटौँडामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान