राष्ट्रिय खेलाडी मैदानमा

झापा गोल्डकप : आज सिक्किम र झापा–११ बीच प्रतिस्पर्धा हुँदै

 

 

झापा झापा गोल्डकपअन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टरफाइनल खेलमा घरेलु टोली झापा–११ फुटबल क्लब भिड्दै छ ।

झापाले अधिकांश राष्ट्रिय खेलाडी मैदानमा उतार्ने तयारी गरेको छ । झापा–११ फुटबल क्लबका मुख्य प्रशिक्षक सन्तोष गुरुङका अनुसार घरेलु टोलीको कप्तानी विशाल राईले सम्हल्ने भएका छन् ।

 

उनी पछिल्लो समय ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।
झापाबाट देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, विमल घर्तीमगर, आन्द्रेस मियाँ, सत्यम् श्रेष्ठ, रुमेश बर्तौला, मनीष थापा, रामजीलगायत राष्ट्रिय खेलाडी मैदानमा उत्रिने प्रशिक्षक गुरुङले जानकारी दिए ।

त्यस्तै, झापाको पोस्ट दीप कार्कीको जिम्मामा परेको छ । उनी राष्ट्रिय टोलीका सदस्य हुन् । झापा टिममा अरू ‘सी’ डिभिजन लिग खेलेका युवा खेलाडी छन्  ।

 

आजको खेल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ । विगतको संस्करणमा जस्तो यसपटक झापा– ११ को सेट टिम नभए पनि सशक्त टिम निर्माण भएको गुरुङले बताए ।लगातार चारवटा संस्करणको फाइलनलिष्ट झापाविरुद्ध पाहुना टोली सिक्किमको खेल कस्तो हुनेछ अपराहन्न साढे २ बजे डोमलाल राजवंशी रंगशालामा देखिनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनु

कनकाई फोहोर व्यवस्थापन आयोजनामा भ्रष्टाचार भएको राप्रपा सांसद ओलीको दाबी

काठमाडौं,१२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराउनु भएको छ्। मंगलबार बसेको प्रतिनिधिसभाको

तमिलनाडुका किसानलाई ठूलो राहत

भारत,१२ जेठ। तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री तथा चर्चित अभिनेता जोसेफ विजयले किसानहरूको हितमा एउटा ऐतिहासिक र साहसिक कदम चाल्नु भएको छ । सरकारले राज्यका लाखौँ किसानहरूलाई

४ दिनदेखि बेपत्ता महिला मृत फेला

उर्लाबारी,१२ जेठ । मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ । चार दिनदेखि हराइरहेकी लिम्बूको शव