कविताले गुञ्जियो पाथीभरा मन्दिर

रोङ, इलाम ३ माघ । चिसो मौसम । तर पनि दर्शनार्थीको भिडभाडमा कमी थिएन ।
बेला बेला कुहिरोले लुकामारी खेल्थ्यो । तर घामलाई जितिहाल्न चाँहि सकेको थिएन । घण्टी बजिरहेको थियो । माइक पनि बज्दैथियो ।
इलामको रोङ गाउँपालिकास्थित कुटीडाँडाको सानो पाथीभरा मन्दिरमा दर्शन गर्न आउनेहरुको बीचमा एक हुल मानिसहरुको उद्धेश्य भने अर्कै थियो । पहिलो पटक त्यहाँको पाथीभरा मन्दिरमा साहित्यिक कार्यक्रम चल्दै थियो ।

‘सात सर्जकका सात कृति’ शिर्षकको यो खाले साहित्यिक जमघटमा सहिदको दुर्गति प्रष्ट्याउँदै हुनुहुन्थ्यो सात सर्जकमध्येका गणेश निरौला । उहाँको कृति ‘कोठेबारी ढुंगा र मान्छे’बाट सो कविता वाचन भयो । उन्मुक्त साहित्य संगम रोङको सो कार्यक्रममा पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिले सघाएको थियो । पछिल्लो पटक प्रकाशित सर्जकका कविता कृतिको लोकार्पण गर्दै त्यसैबाट २,२ वटा कविता वाचन गर्ने क्रम चल्यो । जसमा कविता राई गाउँलेले देवता बनाइएको ढुंगाको वेदना यसरी प्रस्तुत गर्नुभयो । जुन कविता ‘फाटकमा घाम’ कृतिमा समेटिएको छ ।

‘पानीको पर्खाल’ कविता संग्रहबाट अझ चर्चामा आउनु भएका झापा दमकका कृष्ण उदाशी मैले पढ्न चाहेको सुन्दर कवितामा यसरी पोखिनु भयो ।

इलामका दीपेन्द्र आचार्य ‘व्यापार पृथ्वीको’ कृतिमार्फत भूँइमान्छेको अवस्था कवितामा उतार्नु भयो ।

विमल स्मृति पुस्तकालय धरानको कविता प्रतियोगितामा उत्कृष्ठ स्थान हाँसिल गरेर सबैको नजरमा पर्नु भएका रोङका नवोदित कवि ऋजन मायालुको कृति हो ‘घुम्ती बिक्रीमा छ’। जसबाट चमेली विम्बमा आफ्नी आमालाई चरितार्थ पार्नुभयो ।

इलामकै दर्शन घिमिरेको ‘हृदयको उल्टो यात्रा’ कृतिबाट बाको सृजनशील कर्मलाई जोडेर कवितामा यसरी प्रस्तुत हुनुभयो ।

कार्यक्रम सहजकर्ता झापा बिर्तामोडकी सुनिता तामाङले भनें गजलमार्फत जीन्दगानी र कहानीका कुरा केलाउनु भयो ।

पूर्वका सर्जकमाझ धार्मिक पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रचार प्रसार पनि हुने हिसावले पहिलो पटक मन्दिर परिसरमा साहित्यिक कार्यक्रम गर्ने अवधारणा वन्यो । कार्यक्रममा उन्मुक्त साहित्य संगमले मन्दिर परिसरमा दान पेटिका राखेर पुस्तकालय संचालनसहित साहित्य प्रवद्र्धनको जुक्ति निकालेको थियो । दान पेटिकाको पनि सोही अवसरमा उद्घाटन भयो । ०७६ सालमा स्थापित संस्थाका सचिव ऋजन मायालु यही सांगोपाङ्गो सुनाउँदै हुनुहुन्थ्यो ।

कार्यक्रममा कन्यामसम्मको रमणीय ठाउँमा रमाउँदै सर्जकहरुका आआफ्ना कृतिहरु आपसमा आदानप्रदान भए । आयोजकले स्थानीय उत्पादन गुन्द्रुक र तिते करेलाको प्याक कोशेली प्रदान ग¥यो । यी सबै कर्मको तारतम्य मिलाएर साहित्यसँग जोड्ने कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्माले भन्नु भयो ‘कवि थिएन भनें संसारको सौन्दर्य कसैले लेख्न सक्दैनथ्यो ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भीड,एक्लो मानिस र सङ्कुचित हुँदै हाम्रो संवेदनशीलता

विश्वका धेरै देशहरूले यस समस्यालाई सार्वजनिक नीतिको विषय बनाएका छन् । बेलायतले एक्लोपनसँग जुध्न विशेष रणनीति बनाएको छ र जापानले पनि सामाजिक अलगावको बढ्दो समस्यालाई ध्यानमा राख्दै छुट्टै सरकारी प्रणाली सिर्जना गरेको छ ।

बजेट कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं,१० साउन । आगामी आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन गर्ने सम्बन्धमा बनेको ‘विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै

डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

  धनगढी,१० साउन । विभिन्न माग राख्दै बिहीबार देखि सत्याग्रमा बसेका डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू भएको छ । आइतबार धनगढीस्थित सेती

जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

काठमाडौं ,१० साउन। भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि

हेटौँडामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान