वनमा डढेलो

कञ्चनजंघा संरक्षण क्षेत्रमा डढेलो; एक घर जलेर नष्ट ।

dgfª, @* k';M ut dªl;/ !! ut] b]lv nfu]sf] dgfª gf;f] ufpFkflnsf–* tfr}sf] hªunsf] cfuf] cem} lgoGq/0f ePsf] 5}g . cfuf]n] emG8} ;ft ;o x]S6/ hªun ;vfk agfPsf] 5 . dfgjLo Iflt geP klg nf]kpGd'v hªunL hgfj/ / jg:klt gf; u/]sf] 5 . clxn] :yfgLo, lhNnf k|zf;g, g]kfnL ;]gf k|x/L / ;zqsf] 6f]nLn] cfuf] lgoGq0f ug{ nfu]sf] 5 . t:jL/M gjLg nfdL5fg], /f;;

ताप्लेजुङ्/ कञ्चनजंघा संरक्षण क्षेत्रको अम्जिलेसामा डढेलो लागेको छ । त्यहाँको वनमा लागेको डढेलोको राप र धुँवा घुन्सासम्म पुगेको घुन्साका डण्डु शेर्पाले जानकारी दिनुभयो । बिहीबार दिउँसोदेखि लागेको डढेलोले एक घर जलेको खबर प्राप्त भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्वु लिम्बूले बताउनुभयो ।

उहाका अनुसार अरु घर जोगाउनका लागि स्थानीयलाई सचेत गराइएको छ । डढेलो नियन्त्रणभन्दा बाहिर रहेको उनले बताए । त्यहाँ आधा दर्जन घर रहेको उहाले जानकारी दिनुभयो । धेरै क्षति हुन नदिन ग्याब्ला, फले र घुन्साका बासिन्दालाई ओरालो झर्न र सेकाथुम, जौवारी र लेलेपको बासिन्दालाई उकालो जान भनिएको उहाले बताउनुभयो ।

चारैतिरबाट घेरेर अग्निरेखा कोरे नियन्त्रणमा लिन सहज हुने उहाले बताउनुभयो । संरक्षण क्षेत्रका अधिकृत रमेशकुमार यादव दुई÷तीन वर्षदेखि नलागेको जंगलमा डढेलो लागेकाले चुनौती भएको बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न