चुनावमा ओली रणनिती कस्तो ?माहोल कस्तो बन्दै छ?

दमक , ४ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली अहिले आफ्नै चुनावी प्रचारमा व्यस्त हुनुभएको छ । आज देखी औपचारीक रुपमा प्रचार–प्रसारको काम गर्न पाइने भइएपनि ओली मनोनय दर्ता देखीनै आफ्ना चुनावी गतिविधिमा केन्द्रित हुनु भएको छ ।

झापा क्षेत्र नं ५ का प्रतिनिधीसभा उम्मेदवार ओली यो पटक कुनै आमसभा तथा सभा सम्मेलन भन्दा पनि सानो समुह वा घर घरमै गएर मतदातासग भेटघाट गरिरहनु भएको छ ।

 

अघील्ला पटकका निर्वाचनमा ओली काठमाडौ र देशदौडाहमा निस्कनु हुन्थ्यो । तर यो पटक निकै सकृय भएर आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित आफ्नो प्रचारमा लाग्नु भएको छ । हुन त ओलीले यो क्षेत्रमा आफ्नो प्रचार गर्न धेरै मिहनत नगर्नु पर्ने हो । किनकी यहाँका विकास र अन्य आवश्यकतालाई पुरा गर्न स्थानीय नेताले जेजे माग गरे ती हर सम्भव पुरा गराउनु भएको छ ।

 

राजनैतिक तथा साङ्गठनीक रुपमा समेत उहाँले आफ्ना बिस्वासपात्रहरुलाई यही क्षेत्रबाट केन्द्रिय पदाधिकारी सहित सदस्य र अन्य जनगर्वीय संगठनमा महत्वपूर्ण जिम्मेवारी दिलाउनु भएको छ । तर अहिले ती सबैसग खास भर नमानी ओली आफै आफ्नो निर्वाचनको प्रचारमा लाग्नु भएको छ ।

 

ओली जहाँ जानु हुन्छ त्यहाँ स्थानीयले उहाँलाई प्रश्न गर्छन । आफ्ना जिज्ञासा राख्छन् । उहाँ ती प्रश्न र जीज्ञासालाई धैरतापूर्वक सुन्नु हुन्छ । र अन्तिममा जवाफ दिनु हुन्छ । प्रश्न सगसगै मतदाता आफ्ना समस्या र मागहरु पनि राख्ने गर्दछन् । ती समस्या र मागलाई संवोधन गर्न ओली प्रतिवद्धता जनाउनु हुन्छ ।
आईतबार आचारसंहितालाई तोड्दै भएपनि ओली शिक्षकहरुको भेला कार्यक्रममा सहभागी हुनुभयो । त्यहाँ शिक्षकहरुले आफुहरुको आन्दोलन दवाउने र माग सम्बोधन किन नगरेको भन्दै प्रश्न सोधेका थीए ।

उहाँले त्यसबारेमा जवाफ दिदै भन्नु भयो ‘त्यो आन्दोलनकाबेला कतिपय मागहरु पुरा गर्न सकिने थियो , कतिपय तत्काल पुरा हुनेखालका थिएनन, वार्ता गरौ, सहमती गरेर निक्र्यौल निकालौ भन्दा प्रधानमन्त्रीसग वार्तानै नगर्ने , जे लेखेको छ त्यो भन्दा दायाँ–वायाँ गर्दै गर्दैनौ भन्दै तपाईहरुको नेता वार्तामै नआउने, शिक्षा मन्त्रीको राजिनामा गराउन सफल भएको भन्दै हिड्ने , शिक्षा मन्त्रीको राजिनामा गराएर शिक्षकहरुको माग पुरा भयो त ? उहाँले प्रतिप्रश्न गर्नु भयो ।

 

उहाँले भन्नु भयो कम्तिमा त्यसबेला केहि सहमती भएको भए त अहिले त्यसको लाभ त शिक्षकहरुले नै लिनु हुने थियो नी ? उहाँले भन्नु भयो ‘खैर फेरी पनि केहि बितेको छैन, शिक्षा ऐन तयारी अवस्थामा छ । शिक्षकहरुका अधिकांश माग समेत त्यसले संवोधन गर्छ, त्यस बाहेकका पुरा गर्न सकिने मागहरुका बारेमा फेरी छलफल गरेर निक्र्यौल निकाल्नु पर्छ, हामी अहिले फागुन २१को अभियानमा छौ । यसमा तपाईहरु सकरात्मक ढंगबाट लागीदिनुस । ’ ओलीले आग्रह गर्नु भयो ।
यसपछि धिमालहरुको भेलामा गएर ओलीले भन्नु भयो ‘ धिमाल जातीको विकास, संरक्षण , संवर्धन र प्रवर्धन गर्ने काम कस्ले गर्यो ? धिमाल जाती यो भुगोलको इतिहाँस हो भनेर प्रथम नागरीक कुन सरकारको पालामा भयो ? धिमालहरुको संग्राहलय बनाउन भन्दै आवश्यक बजेट कुन सरकारको पालामा भयो ? अनी अहिले नगरपालिका आगाडी बनाइएको धिमालको शालीक कस्ले भत्कायो ? त्यो पनि चीन्न र निर्वाचनमा लाग्न निर्देशन दिनुभयो । ओलीले भन्नु यो चुनाव देश भत्काउने, डढाउने र खरानी पार्नेसग देश बनाउने, विकासलाई नयाँ दिशामा लैजाने र निकास दिने बिचको लडाई हो । त्यसलैले कुन तत्वलाई रोज्ने त्यहि अनुसार चुनावी अभियानमा लाग्नुहोस । ’ ओलीले धिमालहरुलाई आग्रह गर्नुभयो ।

यसपछि साँझ दमकका मुस्लिम समुदायका अगुवा भेलामा पनि ओलीले भन्नु भयो ‘नेपाल जात, धर्म, सम्प्रदाय लक्षीत मानसिकताबाट माथी उठ्नु पर्छ । नेपाल सबैको साझा घर हो । यहाँ बस्ने सबैको अधिकार सबैको बराबर छ । जात र धर्मका आधारमा कोहिमाथी थिचोमिचो गर्न नपाउने र नहुने कानुन बनाएको भन्दै यसले सबैलाई बराबरीको अवस्थामा राखेकोले सबैको आत्मसम्मान बृद्धि गराएको छ ।’ ओलीले उल्लेख गर्नुभयो ।

यहाँ मुश्लिम समुदायले मदराशामा पढाई हुने शिक्षालयहरुमा पछिल्लो समय शिक्षक दरबन्दी कटौती गरिएकोले समस्या भइरहेको र यसको समाधान गरिदिन माग राखेका थिए । यो समुदायको अन्तिम दाह सस्कार गर्ने स्थानको अभाव भएको र नेतृत्व तहमा मुश्लिम समुदायलाई समेत समानुपातिक रुपमा सहभागी गराउन माग राखेका थीए ।

 

यी सबै सुनेपछि ओलीले भन्नु भयो ‘मुश्लिम समुदायले राखेका यी सबै माग समय सान्र्भीक छन् । हामी यसलाई सम्बोधन गर्न तयार छौ । यसमा हाम्रो प्रतिवद्धता छ ।’
ओली आज सोमबार पनि दमकमा आयोजीत बिभिन्न कार्यक्रम तथा भेलामा सहभागी बन्नु हुने छ । दमकको वार्ड १ , २, ३ , ५ , ६ र ७ नम्बर वडामा आयोजीत ६ वटा छुट्टा छुट्टै कार्यक्रममा उहाँ सहभागी बनेर मतदातासँग प्रत्यक्ष संवाद गर्नु हुने छ । ६ गते सम्म आफ्नो निर्वचन क्षेत्रमा रहनु हुने ओली अहिले प्रत्यक्ष रुपमा मतदाताका कुरा सुन्ने र आफ्ना कुरा राख्ने काममा व्यस्त हुनुहुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ : शंकर पोखरेल

काठमाडौं,३१ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकासले पुँजीवादलाई थप बलियो बनाउँदै विश्वव्यापी श्रम शोषण बढाएको बताउनु भएको छ । आइतबार

भदौ १ देखि एनसेलको थ्रीजी बन्द

काठमाडौं , ३१ साउन । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने

जाजरकोट पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा

जाजरकोट,३१ साउन । शनिबार बेलुकी भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परेर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ भने एक जना उपचारकै क्रममा मृत्यु भएको

वामपन्थी शक्तिका पहल एकीकृत हुँदा मात्रै उपलब्धि हासिल हुन्छ : शक्ति बस्नेत

काठमाडौं,३१ साउन । नेपाली कम्युनिष्ट पार्टीका नेता शक्ति बस्नेतले वामपन्थी शक्तिहरूका फरक–फरक पहल र गतिविधिलाई एकीकृत गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ । आइतबार समाजवाद

शशांकको नेतृत्वमा आगामी कांग्रेस इतरसमूह अघि बढ्ने

काठमाडौं ,३१ साउन। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ । काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनबाट कोइरालालाई इतरसमूहको नेतृत्व गर्दै

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको