माधव नेपालसहित १४ जनाविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश

 

 

काठमाडौं : माधव नेपालसहित एमालेले कारबाही गरेको १४ सांसदमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइ गर्न आदेश दिएको हो। मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएकाले अन्तिम सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको हो।

माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदालत पुगेको थियो।

यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो। एमालेले साउन २५ को निर्णयअनुसार कारबाहीको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो।

तर, सभामुखले सूचना टाँस नगरेपछि एमालेबाट विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेको थिए।

सभामुख सापकोटाले भने कानुनअनुसार १५ दिनभित्र सूचना टाँस गर्न पाउने अधिकार छ। त्यसै अधिकारलाई प्रयोग गरेर सभामुख सापकोटाले १३ दिनका दिन यस विषयमा कुनै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना निकालेका थिए।  त्यही विषयलाई लिएर एमालेले निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालमैत्री कार्यक्रम र कार्यन्वयनको पाटो

अभिभावकले बालबालिकालाई अनुशाशित बनाउने र संस्कारयुक्त बनाउन दमनात्मक शैली प्रयोग गरिरहेका हुन्छौ, यस्तो सैलिले बालबालिका अनुशाशित हुनुको सट्टा अराजक बन्दै गहिरहेका हुन्छन ।

‘के साँच्चिकै बजारमा ग्यास अभाव भएको हो ?’

“हिजोसम्म एउटा सिलिन्डर मात्र प्रयोग गर्नेले अहिले तीनवटासम्म एकैपटक लैजान थालेपछि बजारमा खपत बढेको हो। तर ग्यास आपूर्ति भने रोकिएको छैन,”

धनेश्वर धाम : धार्मिक आस्था र पर्यटकीय आकर्षणको नयाँ केन्द्र

धार्मिक आस्था, आकर्षक संरचना र निरन्तर भइरहेका पूर्वाधार विकासका कारण धनेश्वर धाम अहिले दमक क्षेत्रको मात्र होइन, समग्र पूर्वी नेपालकै एक महत्वपूर्ण धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको देखिन्छ।