विषादी युक्त फलफुल

भारतबाट विषादी परीक्षणबिनै खाद्यान्न नेपाल भित्रिदै

झापा/ भारतसँग जोडिएको झापाको सीमाबाट विषादी परीक्षणबिनै फलफूल, तरकारी र माछा नेपाल भित्रिने गरेको पाइएको छ । भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्र्याउँदा अनिवार्य विषादी परीक्षण गरी राजस्व तिर्नुपर्ने प्रावधान छ। तर, पछिल्लो समयमा भारतसँग जोडिएको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकामा प्रहरीकै मिलेमतोमा अवैध बाटो प्रयोग गरी भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्रिरहेको व्यापारीहरूको दाबी छ।

मेचीनगर–१५ स्थित कालिका चिया बगान नजिकको ९७ र १ नम्बरको सीमास्तम्भ, भद्रपुर– ५ गणेश मन्दिर पूर्वको दोभान नजिकैको ९९ नम्बर सीमास्तम्भ, भद्रपुर– ५ स्थित देवीवस्ती नजिकैको १०० नम्बर सीमास्तम्भ र भद्रपुर–३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैको १०३ देखि १०४ नम्बर सीमास्तम्भ भएका ठाउँबाट भन्सार छलेर साइकलमा फलफूल, तरकारी र माछा भित्रिरहेको स्थानीयवासी बताउँछन्।

भद्रपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्रले भन्सारबाट लामो समयदेखि ती वस्तु आयात नभएको जानकारी दिए । तर‚ व्यापारीहरूले भारतबाट साइकलमा फलफूल, तरकारी र माछा सीमा नाकासम्म ल्याउने र त्यहाँबाट अटोरिक्सा र ट्याम्पोमा हालेर भद्रपुर र चन्द्रगढीका साप्ताहिक बजारदेखि बिर्तामोडसम्म र्पुयाउने गर्छन्।

उनीहरूले सोमबार, बुधबार, शुक्रबार र शनिबार फलफूल, तरकारी र माछा भित्र्याउने गरेको स्थानीय बताउँछन्। यसरी परिक्षण बिना नै भिर्त्रिएको खाद्यान्नबाट स्वास्थ्य समस्या बढ्ने सम्भावना उच्च हुन्छ । यसर्थ यस बिषयमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ