काठमाण्डौँ,२१ फागुन ।दिउँसो ३ बजेसम्म देशभर ३९ प्रतिशत मत खसेको जनाइएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म ७४ लाख १४ हजार १ सय १ मत खसेको जनाइएको छ । कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको छ ।
सबैभन्दा बढी कोशीमा ५८ प्रतिशत अर्थात १३ लाख ५९ हजार ८ सय १६ मत खसेको जनाइएको छ । त्यस्तै सबैभन्दा मत लुम्बिनीमा ३८ प्रतिशत मत खसेको छ । लुम्बिनीमा १३ लाख ६७ हजार ९ सय ६६ मत खसेको जनाइएको छ ।
१५ निर्वाचन क्षेत्र रहेको उपत्यकामा ५१ प्रतिशत अर्थात ६ लाख २४ हजार ९ सय ३४ मत खसेको जनाइएको छ । उपत्यकाको कुल मतदाता संख्या ११ लाख ८५ हजार ३ सय ७४ रहेको जनाइएको छ ।
कहाँ कति खस्यो मत ?










