सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि सम्पन्न भएको हो । कार्यक्रम फागुन ३०, चैत १ र २ गते भएको थियो । क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार राइडरहरुले झापाका विभिन्न १२ वटा पालिकाहरुको यात्रा गरेका थिए । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइएको क्लबका सचिव हिमाल खरेलले जानकारी दिनु भयो ।

 

पहिलो दिन ६० किलोमिटरको यात्रा भएको थियो । पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी–४९ धारा–मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम–अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुंगिएको थियो । दोस्रो दिन ८० किलोमिटरको यात्रा भएको थियो । दोमुखाबाट सुरु भएको यात्रा माईधार–चिल्लागढधाम–शिवगञ्ज–चौरी–हुलाकीमार्ग–झापा बजार–राजगढ–जलथल जंगल बनियानी हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुंगिएको थियो ।

 

तेस्रो तथा अन्तिम दिन ४५ किलोमिटरको यात्रा भएको थियो । बनियानीबाट किच्चकबध–भद्रपुर–हल्दिबारी हुँदै विराटपोखर भएर बिर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको समापन गरिएको थियो । यात्रामा ५० जना साइकलयात्री तथा गाइड, मेकानिक र स्वयमसेवक रहेका थिए । झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न, पूर्वी नेपालमा दिगो तथा शून्य–फोहोर पर्यटन प्रवर्धन गर्न, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको सचिव खरेलले बताउनु भयो ।

 

धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भूभागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यको रूपमा चिनाउन कार्यक्रम गरिएको हो । कार्यक्रममार्फत झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्दै साइकललाई वातावरणमैत्री र समावेशी पर्यटन माध्यमको रूपमा स्थापित गर्न खोजिएको छ । कार्यक्रमको मुख्य प्रवर्तकको रुपमा पर्यटन कार्यालय काँकरभिट्टा झापा रहेको थियो ।
समापन कार्यक्रममा सहभागी राइडहरुलाई मेडल प्रदान गरिएको थियो । कार्यक्रमका अध्यक्ष आकाश श्रेष्ठ, प्रमुख अतिथि तथा यात्रामा सहभागी राइडर पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेल, नाट्टा कोशीका महासचिव नविन खरेल लगायतले मेडल प्रदान गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको