पथरीमा ५० मिटरकै सडक बनाउन नापजाँच

पथरी, ७ चैत । उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पथरी बजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माणका लागि स्थानीयले सडक पक्षकासाथै नगरपालिका कार्यालयका प्रतिनिधिलाई सहभागी गराई सडक क्षेत्र खाली गर्ने अभियान थालेका छन् ।
जस अन्तर्गत सडकको दुबैतर्फ गरी २५÷२५ मिटर अर्थात कुल साढे ८२ फिट क्षेत्र खाली गर्न थालिएको २ दिने नाँपजाँच कार्य आज सम्पन्न गरिएको छ ।

स्थानीयले संघर्ष समिति समेत खडा गरेर ५० मिटरकै सडक निर्माणको दबाब दिन थालेपछि पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि सडकको क्षेत्राधिकार साढे ८२ फिट चौडाई खाली गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल अघि बढाएको थियो । पहिलेको स्टिेमेटमा ५० मिटरको सडक निर्माणको योजना नरहेको अवस्थामा स्थानीयको दबाब बढ्यो । स्थानीयले नै पहल गरेर साढे ८२ फिट क्षेत्र खाली गरेपछि मात्र सडक परियोजनाले सडक बढाइदिने जनाएपछि संघर्ष समितिले नगरपालिका र सडक परियोजनाका समेत प्रतिनिधि राखेर नाँचजाँच गरेको हो । नापजाँचपछि स्थानीय सडक क्षेत्र खाली गर्न तयार रहेको संघर्ष समिति संयोजक बाबुराम एङ्देनले जनाउनु भयो ।

पथरी बजारमा सडकको साढे ८२ फिट चौडाईको क्षेत्राधिकार खाली हुन नसक्दा ४४ मिटर चौडाईको मात्र सडक बन्ने भएपछि भविष्यका लागि सडक क्षेत्रको पूर्णरुपमा प्रयोग गरी ५० मिटरकै सडक बन्नु पर्ने आवाज उठाउँदै आएको अवस्था छ । यसक्रममा माघ ११ गते वडा नम्बर १ का वडाअध्यक्ष भिमकुमार राईको संयोजकत्वको राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले काँकडभिट्टा –लौकही सडक आयोजना पश्चिम खण्ड इटहरीमा ५० मिटर सडक निर्माणको आफ्ना माग अघि सारेको थियो ।
सरकारको नीति अनुसार साविकदेखि नै सडक क्षेत्रमा पर्दै आएको साढे ८२ फिट क्षेत्रमा पर्ने संरचना हटाउनका लागि १ नम्बर वडा कार्यालयले ३५ दिने सूचना जारी गरिसकेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे

बाढीपीडितको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पदाधिकारी र कर्मचारीले उद्धार कोषमा रकम दिने

काठमाडौं , भदौ १३ । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा