नेपाललाई सुरक्षित गर्भपतन पहुँचमा सुधार गर्न अन्तराष्ट्रिय जोड

काठमाडौं,८ चैत । संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा युपिआर को चौथो चक्रअन्तर्गत नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न राष्ट्रहरूले दिएका सुझावहरू कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।

महिला, कानुन र विकास मञ्च ९एफडब्लुएलडी० द्वारा आयोजित सञ्चारकर्मीहरूसँगको कार्यशालामा युपिआर प्रक्रिया र नेपाललाई प्राप्त प्रमुख सिफारिसहरूबारे विस्तृत छलफल गरिएको हो ।

सन् २०२५ मा नेपाल सरकारले परिषद्मा पेश गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै विभिन्न देशले विशेष गरी कानुनी पहिचान, लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा सुधार गर्न सुझाव दिएका छन् । कार्यशालामा अधिवक्ता बिनु लामाले नेपाललाई प्राप्त सुझावहरू कि त कार्यान्वयनगर्ने वा जानकारीमा राख्ने दुईवटा मात्र विकल्प रहेको जानकारी दिइन् ।

 

कार्यक्रममा एफडब्लुएलडीकी अधिवक्ता रोजिना श्रेष्ठले नेपाललाई प्राप्त सुझावहरूमध्ये गर्भपतनको निरपराधीकरण र प्रजनन स्वास्थ्य अधिकार प्रमुख रहेको बताइन् । उनका अनुसार फ्रान्स र आइसल्यान्डले सबै परिस्थितिमा गर्भपतनलाई अपराधमुक्त र वैधानिक बनाउन नेपाललाई सुझाव दिएका छन् । त्यस्तै, नर्वेले महिला, किशोरकिशोरी र लैङ्गिक अल्पसङ्ख्यकहरूको सुरक्षित गर्भपतनमा पहुँच सुनिश्चित गर्न जोड दिएको छ ।
वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले छाउपडी र दाइजो प्रथा जस्ता सामाजिक कुरीति अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्न र अपराधीहरूलाई कडा सजाय दिन विभिन्न देशले सिफारिस गरेको बताइन् ।

मेक्सिकोले १८ वर्षमुनिका किशोरकिशोरीहरूबीचको सहमतिमा भएको यौन सम्बन्धलाई अपराधमुक्त गर्न र बालविवाह तथा किशोरावस्थाको गर्भावस्था रोक्न बहुक्षेत्रीय समन्वयमा जोड दिन सुझाव दिएको छ । विद्यालयभित्र र बाहिर बृहत् यौनिकता शिक्षाको पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई पनि अन्तर्राष्ट्रिय समुदायले प्राथमिकतामा राखेको छ ।

 

आगामी कार्यदिशा र दायित्व

नेपाल सरकारले सन् २०२६ को जुन÷जुलाईमा हुने राष्ट्र संघको सत्रअघि यी सिफारिसहरूमाथि आफ्नो अन्तिम प्रतिक्रिया पेश गर्ने तयारी गरिरहेको छ । कार्यशालामा युपिआर प्रक्रियालाई पारदर्शी बनाउन र सरकारलाई जवाफदेही बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने औंल्याइएको छ ।

एफडब्लुएलडीका सूचना अधिकारी विनोदचन्द्र देवकोटाले विश्वव्यापी आवधिक समीक्षाका क्रममा प्राप्त सुझावहरू स्वीकार र कार्यान्वयन गर्नु नेपालको संवैधानिक तथा अन्तराष्ट्रिय दायित्व भएको बताए । किरण कुँवरले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रजनन स्वास्थ्य अधिकार, सम्मानजनक प्रसूति सेवा र लैङ्गिक विभेद अन्त्यका लागि राष्ट्रिय रणनीतिहरूको प्रभावकारी कार्यान्वयनमा सहभागीहरूले जोड दिएका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,