कुलमानविरुद्धको रिटमा सुनुवाइ आज

 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ।

सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डाक्टर कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ।

प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट निवेदक हुन्। भदौ एकमा उनले वारेसमार्फत घिसिङविरुद्ध अदालतमा रिट दायर गरेका थिए।

रिटमार्फत शाक्यले २४ साउनमा घिसिङलाई कार्यकारी निर्देशक बनाउन सरकारले गरेको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन्।

शाक्यको पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर छ। उनी २७ माघ २०७७ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । चार बर्से अवधि भए पनि उनी ६ महिनामै उक्त पदबाट हटाइएका थिए। त्यसपछि उनी सर्वोच्च पुगेका हुन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ