जुम्ला सडक डिभिजनद्वारा गरियो चार ठेक्का रद्द

अलपत्र सडक योजनामा कडाइ ः जुम्ला सडक डिभिजनद्वारा चार ठेक्का रद्द

मुगु,१४ चैत । लामो समयसम्म निर्माण कार्य अधुरै छाडेर आयोजना ओगट्ने निर्माण व्यवसायीमाथि सडक डिभिजन कार्यालय जुम्ला ले कडा कदम चालेको छ । कार्यालयले चार वटा सडक योजनाका ठेक्का सम्झौता रद्द गरेको सार्वजनिक सूचना जारी गरेको छ ।

कार्यालय प्रमुख श्रवणकुमार महताराका अनुसार पटक–पटक निर्देशन दिँदा पनि निर्माण व्यवसायीहरूले काममा प्रगति नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको हो । रद्द गरिएका योजनाअन्तर्गत कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले जुम्ला–डोल्पा सडक निर्माणको जिम्मा लिएको थियो ।

यस्तै, शंकरमाली निर्माण सेवाले नाग्मा–गमगढी सडकअन्तर्गत मुगुको पिना देखि गमगढीसम्मको खण्ड निर्माणको जिम्मा पाएको थियो ।

त्यसै गरी, मान शाही निर्माण सेवाले कालिकोटको सेर घाटदेखि मात्म बजार क्षेत्रसम्म सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम लिएको थियो भने मानक शाहीले कर्णाली राजमार्गअन्तर्गत सेरिघटा सडक सुधारको जिम्मेवारी पाएका थिए । तर ती सबै योजनामा लामो समयसम्म काम अधुरै राखिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख महताराले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीमाथि प्रचलित कानुन बमोजिम थप कारबाही गरिने जानकारी दिएका छन् ।

साथै, अलपत्र आयोजनाहरूलाई छिट्टै नयाँ प्रक्रियामार्फत अघि बढाइने पनि उनले बताए । लामो समयदेखि रोकिएका सडक योजनामा भएको यस कदमले स्थानीयस्तरमा पुनः काम सुरु हुने अपेक्षा बढेको छ भने सेवाग्राहीहरूमा पनि आशा जागेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा