क्यान्सर तथा गुप्तरोगको खोजी र उपचार अभियान

युनिभर्सल युथ ग्रुप र हाम्रो उन्नत प्राङ्गारिक मल तथा शिवशक्ति वायोटेक कम्पनीको सहकार्यमा यसबेला कोशी प्रदेशका पहाडी जिल्लामा स्वास्थ्य अभियान सञ्चालित

पथरी, १६ चैत । खानपान र पर्यावरणीय असरले मानिसहरुमा क्यान्सर जस्ता जटिल रोगहरु बढ्दै गएका छन् । यही अवस्थालाई दृष्टिगत गरी मोरङको उर्लाबारीस्थित दुईवटा संस्थाको सहकार्यमा यो बेला क्यान्सर तथा गुप्तरोगको खोजी र उपचार अभियान अघि बढेको छ ।

युनिभर्सल युथ ग्रुप र हाम्रो उन्नत प्राङ्गारिक मल तथा शिवशक्ति वायोटेक कम्पनीको सहकार्यमा यसबेला कोशी प्रदेशका पहाडी जिल्लामा स्वास्थ्य अभियान सञ्चालित छ । जिल्ला जिल्लामा कार्यक्रमको संयोजन भनें जिल्ला सहकारी संघमार्फतहुँदै आएको छ । जस अन्तर्गत पछिल्लो पटक इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा पहिलो चरणको जानकारीमूलक कार्यक्रम सम्पन्न भयो । जहाँ सहकारी संस्थामा आवद्धहरुलाई प्रतिनिधिमूलक रुपमा भेला गराई वडा वडामा विशेषगरी महिलाको पाठेघरको मुखमा हुने क्यान्सर र गुप्तरोग सचेतना कार्यक्रम सञ्चालन हुनेछ । त्यसपछि निःशुल्क परीक्षण शिविर कार्यक्रम सञ्चालन गरिँदै आएको युनिभर्सल युथ ग्रुपका अध्यक्ष सुनील धिमालले जनाउनु भयो ।

मानिस स्वस्थ रहन भान्सा स्वस्थ रहनु पर्ने हुन्छ । हाल रासायनिक बस्तुको अध्याधिक प्रयोगले दुषित बनेको भान्सा सुधार्न उत्पादनमै सुधार ल्याउने एउटा महत्वपूर्ण उपायका रुपमा प्रांगारिक मलको प्रयोगको आवश्यकता कार्यक्रममा जोडिएको छ । गोबर, जुतो, सुली, पिना लगायतका १२ तत्व मिलाएर बनाएको मलको महत्व झन बढ्दै गएको हाम्रो उन्नत प्राङ्गारिक मल तथा शिवशक्ति वायोटेक कम्पनीका प्रवन्धक राजीव खड्काले बेलिबिस्तार लगाउनु भयो ।

आफन्त रविना धिमालको क्यान्सरका कारण २२ वर्षको उमेरमा निधन भएको घटनाले पिरोलिएर सुनीलले २०७५ सालमा खडा गर्नुभएको संस्थाको स्वास्थ्य अभियानको माग बस्ती बस्तीमा बढेको छ ।

यही मागलाई दृष्टिगत गरी मधेश प्रदेशका केही जिल्लामा समेत यसखाले कार्यक्रम सञ्चालन भएको छ । यसका साथै कोशीका पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा तथा इलाम, पाँचथर र ताप्लेजुङमा कार्यक्रम जारी छ । ती जिल्लामा रोग पहिचान भइ उपचारको क्रम अघि बढेको सहकारी संघ कोशी प्रदेश सदस्य एवम् संघका तेह्रथुम जिल्ला अध्यक्ष फौदबहादुर सुवेदीले तथ्याङ्क समेत प्रस्तुत गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं,३० साउन । इन्डोनेसियामा शनिबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ बजेर २८

स्वास्थ्य उपचार र बीमा सुधारबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,३० साउन । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको