महिला हिंसा अन्त्य गरौ

दमकमा देखियो : “उठ नारी अति भो सहेर बस्दा क्षती भो “

 

दमक/
दमकमा बुधबार दिउँसो एक हुल महिलाहरु सडकमा उत्रीए । सबैको हातमा एक एक वटा प्ले कार्ड बोकिएको थियो । प्ले कार्डमा महिला हिंसा अन्त्यको माग लेखिएका विभिन्न नारा लेखिएका थिए ।

उठ नारी अति भो, सहेर बस्दा क्षती भो, हिंसा रहित समाजको निर्माण गरौ, बालिकालाइ न्याय दे,बलत्कारी खुलेआम बलतकृत गुमनाम, हत्यारालाई फाँसी दे , बालिला बलात्कार गर्नेलाई कित लिङ्ग मासिदेउ कि त अब फाँसी देउ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर दमकका महिलाहरुले पैदल र्याली निकालेनिकाले।

मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले आयोजना गरेको र्याली महिला र बालिका बलात्कारको घटनाका विरुद्ध थियो ।

केहि दिन अघि मोरङकी १८ महिने बालिका करिस्मा मण्डलको बलात्कार पछि हत्या भएको विरुद्धमा मेची महाकाली बुहारी संयुक्त आवाजले र्याली निकालेको हो ।

र्याली दमक को गणतन्त्र चोकमा भेला भएर सुरु भएको थियो । त्यहाबाट फर्निचर लाईन को बाटो हुँदै नमुना मार्ग हुँदै थानारोडबाट पुनः गणतन्त्र चोकमा सभा बिसर्जन भएको थियो ।

महिला र वालिकालाई बलात्कार गर्ने घटना दिन दिनै बढी रहेकोले यसका विरुद्ध सबै एकजुट हुन पर्ने दमक उपसाखा संयोजक जमुना निरौला अधिकारीले बताउनु भयो ।

बलात्कारलाई फासिको सजाय दिन समेत माग गरिएको उहाले जानकारी दिनु भयो । यसकालागि समाजका सबै पक्ष एकजुट हुन आवश्यक रहेको पनि निरौलाले औल्याउँनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न