बार्नेटका पूर्व उपमेयरद्धारा जनप्रतिनिधिको संख्या घटाउन सुझाव

काठमाडौँ,८ चैत । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव दिन भएको छ ।

 

लन्डनमा बसोबास गर्दै आउनु भएका गुरुङले नेपाल सरकारले सडक, यातायात तथा डिजिटल सेवामा सुधार गरी सेवा प्रवाह र राजस्व सङ्कलन प्रणालीलाई क्रमशः डिजिटाइज गर्नसके भूगोल र क्षेत्रफलले व्यवस्थापनमा धेरै असर नपर्ने धारणा व्यक्त गर्नु भएको हो ।
उहाँका अनुसार देशको अर्थतन्त्रको आकारको तुलनामा नेपालमा तीन तहको सरकार अत्यन्त खर्चिलो बन्दै गएको छ र यसले राज्यलाई अनावश्यक आर्थिक भार थपेको छ ।

 

उहाँले सबै तहको संरचनामा सुधार आवश्यक रहेको औँल्याउँदै स्थानीय तहमा जनप्रतिनिधिको सङ्ख्या क्षेत्रफलको आधारमा होइन, जनसङ्ख्या र त्यहाँ उठ्ने राजस्वको आधारमा निर्धारण गर्नुपर्ने बताउनु भयो ।

उहाँले गण्डकी प्रदेश, कास्की जिल्लास्थित मादी गाउँपालिकाको उदाहरण दिँदै राष्ट्रिय जनगणना २०७८ अनुसार १६ हजार १४२ जनसङ्ख्या रहेको बताउनु भयो । उक्त गाउँपालिकाका १२ वडाका आधारमा ६० भन्दा बढी जनप्रतिनिधि रहने व्यवस्था अत्यधिक भएको उहाँले जनाउनु भयो ।
अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको तलब, भत्ता तथा अन्य सुविधामा ठूलो रकम खर्च हुने उल्लेख गर्दै उहाँले सानो जनसङ्ख्या भएको एउटा पालिकामा करोडौँ खर्च हुनु नेपालजस्तो कमजोर अर्थतन्त्रले धान्नै नसक्ने बताउनु भयो।

 

पूर्वगोर्खा सैनिक समेत रहेका काउन्सिल गुरुङका अनुसार जनतामा पुग्नुपर्ने सेवा सुविधा जनप्रतिनिधि पाल्नमै खर्च हुने भएकाले विकास प्रक्रिया सुस्त भएको छ भने नागरिकले अपेक्षित सेवा पाउन सकेका छैनन् । उहाँले बेलायतको उदाहरण दिँदै लन्डन महानगर अन्तर्गत बार्नेट काउन्सिलको एउटा वडामा मादी गाउँपालिका जत्तिकै जनसङ्ख्या भएपनि त्यहाँ केवल तीनजना काउन्सिलरले सेवा प्रदान गर्ने गरेको बताउनु भयो ।
‘सरकारी खर्च घटाएर जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिनिधिको सङ्ख्या घटाउनु आवश्यक छ, बरु आवश्यकताअनुसार सेवा प्रवाह गर्ने कर्मचारीको सङ्ख्या बढाउनुपर्छ,’ उहाँले भन्नु भयो ।

 

एउटै क्षेत्रमा तीन जना सांसद किन चाहियो र?
काउन्सिल गुरुङले नेपालमा एउटै निर्वाचन क्षेत्रमा दुई प्रदेश सांसद र एक सङ्घीय सांसद गरी तीन जना प्रतिनिधि रहने व्यवस्थाप्रति पनि प्रश्न उठाउनु भयो ।

 

‘एउटै क्षेत्रमा तीन जना सांसद किन चाहियो रु यसले काममा दोहोरोपन र स्वार्थको द्वन्द्व निम्त्याउँछ,’ उहाँले भन्नु भयो ।
प्रदेश सरकारमा मन्त्रीहरूको सङ्ख्या पनि अत्यधिक भएको उहाँको भनाइ छ । संविधानअनुसार प्रदेशमा ठुलो सङ्ख्यामा मन्त्री नियुक्त गर्न सकिने प्रावधानप्रति उहाँले आपत्ति जनाउँदै सङ्घीय संरचनामा पनि दोहोरोपन भएको बताउनु भयो।

यसैगरी, जिल्लामा प्रमुख जिल्ला अधिकारी ९सिडिओ० को भूमिका बारेसमेत पुनरावलोकन गर्नुपर्ने उहाँको धारणा छ । उहाँले स्थानीय तहका प्रमुखहरूले नै धेरैजसो प्रशासनिक जिम्मेवारी सम्हाल्न सक्ने बताउनु भयो ।
गुरुङले नेपालमा करिब तीन करोड जनसङ्ख्या भएपनि सङ्घीय र प्रदेश तह गरी ८८४ जना सांसद रहेको उल्लेख गर्दै बेलायतमा ६ करोड ७० लाख जनसङ्ख्याका लागि मात्र ६५० सांसद रहेको जनाउनु भयो ।

‘बेलायतकै मोडल अपनाउनुपर्छ भन्ने होइन, तर नेपालमा आवश्यकभन्दा बढी जनप्रतिनिधि हुँदा देशमा ठुलो आर्थिक भार परेको छ,’ उहाँले भन्नु भयो ।
उहाँले नेपालका सबै तहमा जनप्रतिनिधिको सङ्ख्या घटाई बचत भएको रकम विकास निर्माण र जनताको सेवा प्रवाहमा खर्च गर्नुपर्ने सुझाव दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा