कमजोर अर्थतन्त्र

बेरुजुको पहाड र बढ्दो बजेट घाटाले वित्तीय प्रणालीमै चुनौती

काठमाडौं,१५ वैशाख । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र खर्च गर्ने क्षमता कमजोर हुँदा मुलुकको सार्वजनिक वित्त प्रणालीमा गम्भीर चुनौती देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको नेपालको वर्तमान आर्थिक स्थिति पत्रले सरकारले महत्वाकांक्षी बजेट ल्याउने गरे पनि स्रोत व्यवस्थापन गर्न नसक्दा बजेट घाटा चुलिँदै गएको उल्लेख गरेको हो ।

 

‘विगत एक दशकमा चालू खर्चको हिस्सा औसत ६६.८ प्रतिशत रहँदा पूँजीगत (विकास) खर्च मात्र २१ प्रतिशतमा खुम्चिएको छ । यसले दीर्घकालीन आर्थिक रूपान्तरण र पूर्वाधार विकासको लक्ष्यलाई प्रत्यक्ष असर पारेको देखिन्छ,’ आर्थिक स्थिति पत्रमा उल्लेख छ । पत्रका अनुसार पूँजीगत खर्चको न्यून र कमजोर गुणस्तरका कारण आर्थिक वृद्धिदर प्रभावित भएको छ । आयोजना कार्यान्वयनमा रहेका जटिलता र विनियोजित बजेटको ठूलो हिस्सा खर्च हुन नसक्ने प्रवृत्तिले विकासको गति सुस्त बनाएको छ । अर्कोतर्फ, राजस्व वृद्धि न्यून हुने तर चालू खर्च र बजेट घाटा बढ्दै जाँदा सरकारको सार्वजनिक ऋणमाथिको निर्भरता ह्वात्तै बढेको छ ।

 

सरकारी तथ्याङ्कअनुसार विगत १० वर्षमा बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको औसत ७ प्रतिशत पुगेको छ, जसले गर्दा ऋण तिर्नकै लागि थप ऋण लिनुपर्ने जोखिमपूर्ण अवस्था सिर्जना भएको छ । सरकारको वित्तीय अवस्थालाई नियाल्दा सञ्चित कोषको अवस्था निकै दयनीय देखिएको छ । संघीय सरकारको सञ्चित कोष २०८१ चैतसम्ममा १ खर्ब १७ अर्ब ९५ करोडले ऋणात्मक रहेको छ । आन्तरिक ऋण उठाएर घाटा पूर्ति गर्नुपर्ने अवस्थाका बीच सरकारमाथि अर्बौंको दायित्व थपिएको छ ।

 

बहुवर्षीय ठेक्का, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान र स्वास्थ्य बीमा कार्यक्रमतर्फको अर्बौं रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसले सरकारको नगद प्रवाहमा समस्या उत्पन्न हुनुका साथै कमजोर वित्तीय स्रोत व्यवस्थापनलाई उजागर गरेको छ । मुलुकमा कमजोर आर्थिक अनुशासनका कारण बेरुजुको ग्राफ समेत डरलाग्दो गरी बढेको छ ।

 

महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार तीनै तहका सरकार र विभिन्न निकायको कुल बेरुजु ७ खर्ब ३३ अर्ब ३१ करोड नाघेको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै १ खर्ब १९ अर्बभन्दा बढी बेरुजु थपिनुले वित्तीय सुशासनको अवस्था कति कमजोर छ भन्ने स्पष्ट पार्छ । बढ्दो बेरुजु, भुक्तानी हुन बाँकी दायित्व र ऋणात्मक कोषको अवस्थालाई सुधार्न तत्कालै नीतिगत र संरचनागत सुधारको आवश्यकता देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा