दोधारमा माओवादी र एकीकृत समाजवादीः न कांग्रेसको विश्वास, न एमालेको साथ

 

 

 

 

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ।

निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल नेपाली कांग्रेसले उनीहरुलाई छोडेर निकै अघि बढिसकेको छ । भन्नलाई माओवादी र एकीकृत समाजवादीका नेताहरुले गठबन्धन चिर्वाचनसम्म नै कायम रहने भन्दै आएका छन् । तर व्यवहारमा त्यो देखिदैन ।

माओवादी र एकीकृत समाजवादीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालले देख्न सकेको छैन । एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीका नेता र कुनै समय एउटै पार्टी बनाएर सँगै रहेका माआवोदी नेतालाई एमाले अध्यक्षले हरेक सभा सम्मेलनमा कटाक्ष गर्दै आएका छन् ।

वास्तवमा माओवादी र एकीकृत समाजवादीले न त सत्तारुढ दल कांग्रेसको नै साथ पाउन सकेका छन् न एमालेको विश्वास जित्न नै । एक्लै निर्वाचनमा गए पराजय व्यहोर्नु पर्ला भन्ने डरले निर्वाचनमा होमिन हच्किरहेका छन् ।

सबैलाई थाहा छ निर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुनेछ । यी दुई दल तुलनात्मक रूपमा अरुभन्दा बलिया देखिन्छन् । सत्तामा सहकार्य गरिरहेका कारण बलिया देखिएकामध्ये कांग्रेससँग दुवै दल गठबन्धन गर्न चाहन्छन् । तर, गठबन्धनबारे सहमति भएको छैन ।

र, गठबन्धन चाहनेमध्येका माओवादी त्यो दल हो, जुन २०६४ मा भएको संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको थियो । त्यसयताको दुई निर्वाचनमा भने माओवादी लगातार तेस्रो हैसियतमा सीमित भएको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचन शान्ति प्रक्रियामा आएपछि माओवादीले सामना गर्ने चौंथो निर्वाचन हो । निर्वाचनमा माओवादी विभाजनको पीडासहित जाँदै छ, यसकारण पनि उ थप डराइरहेको छ ।

तर, उत्साहका साथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान कास्कीको पोखरामा भने, ‘मधेसको ४\५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक\बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ । हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुन्छ भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’

प्रचण्डको कांग्रेससँग गठबन्धन गर्न चाहँदाचाहँदै उक्त पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायत नेताहरूले गठबन्धनविरोधी अभिव्यक्ति दिइरहेका छन् ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने हालसम्म गठबन्धन गनुपर्ने पक्षमा छन् । गठबन्धनका दलहरूलाई भड्काउने गरि अभिव्यक्ति नदिन उनले निर्देशनसमेत दिएका छन् । तर, गठबन्धनविरोधी अभिव्यक्ति आउन रोकिएको छैन ।

यस्तो अवस्थामा प्रचण्डले कांग्रेसतर्फ लक्षित गर्दै भन्न थालेका छन्, ‘हामी कसैको वैशाकीमा होइन, हाम्रो आफ्नै बलमा निर्वाचन लड्नुपर्छ । तालमेल होला र निर्वाचन जितौंला होइन, जनतासँग साँठगाँठ गरेर जित्नुपर्छ ।’

प्रचण्ड यसरी गठबन्धन नभए पनि हुने भन्न थालेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधप नेपालले गठबन्धनविरुद्धमा उभिएका कांग्रेसका नेताहरू र एमालेका नेताहरूलाई ‘खिसिट्युरी गर्नेको हरिबिजोग हुन्छ’ भन्ने गरेका छन् ।

उनले एक्लै निर्वाचनमा जाने चाहिँ भनेका छैनन् । पूर्वपार्टी एमालेका अध्यक्ष केपी ओलीको मात्र आलोचन गर्दै आएका छन् । वाम राजनीतिक विश्लेषक भीम भूर्तेल माओवादी र एकीकृत समाजवादीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न असहज देख्छन् ।

‘एमसीसीको विपक्षमै रहेको भए एकखालको जनमत निर्माण हुन्थ्यो । त्यसलाई निर्वाचनमा उपयोग गर्न सकिन्थ्यो तर पछि पक्षमा उभिन पुगे’, भुर्तेलले भने, ‘अर्कोतिर माओवादीले विभाजनको क्षति बेहार्नुप¥यो र एकीकृत समाजवादीको त संगठन विस्तार सबै ठाउँमा छैन ।’

स्थानीय निर्वाचन आउन भने ५४ दिन बाँकी छ । माओवादी दोस्रो पटक स्थानीय निर्वाचनमा जाँदै छ । नेकपा एकीकृत समाजवादी भने पहिलो पटक निर्वाचनमा जान लागेको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय

कांग्रेसमा देउवा समूहको समानान्तर महाधिवेशन तयारी, ५५ जिल्लामा संयोजक तोकिए

काठमाडौं,८ असोज । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको

अपाङ्गता भएका व्यक्तिलाई इसेवाबाटै २ लाखसम्म कर्जा, यस्ता छन् सर्त

काठमाडौं,८ असोज । अब अपाङ्गता भएका व्यक्तिले बैंक धाउनुपर्ने झन्झटबिना इसेवा एपबाटै २ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले

ताप्लेजुङको दोभान बजारमा आगलागी , आगलागीको कारण र क्षतिको विवरण भने आउन बाकी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा