पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा दायर, पोखरा विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड भ्रष्टाचार

काठमाडौं,२४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानूनी रूपमा कर छुट दिएर भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

 

आयोगले बिहीबार विशेष अदालतमा तत्कालीन मन्त्री, उच्च सरकारी अधिकारी र चिनियाँ निर्माण कम्पनीका पदाधिकारीहरूलाई प्रतिवादी बनाउँदै आरोप(पत्र दायर गरेको हो।

 

भ्रष्टाचार मुद्दा दायर गरिएका मुख्य व्यक्तिहरूमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने रहेका छन्। अख्तियारले उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ।

 

त्यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमसहित विभिन्न मन्त्रालयका तत्कालीन सहसचिव, उपसचिव, आयोजना निर्देशक र शाखा अधिकृतहरूमाथि पनि समान बिगो कायम गरिएको छ।

 

अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ बीच भएको मूल सम्झौतामा सबै कर, महसुल र शुल्कहरू ठेकेदार कम्पनीले नै तिर्नुपर्ने स्पष्ट व्यवस्था थियो।

 

तर, उक्त प्रावधान विपरीत तत्कालीन अर्थमन्त्री कार्कीसहितका पदाधिकारीहरूले बदनियतपूर्वक ुइम्प्लिमेन्टेसन एग्रिमेन्टु गराई ठेकेदार कम्पनीलाई कर छुट दिने शर्त राखेको अनुसन्धानबाट खुलेको छ। यस प्रक्रियाबाट ठेकेदार कम्पनीलाई दोहोरो लाभ दिलाइएको र नेपाल सरकारलाई ३ अर्ब ६२ करोडभन्दा बढीको प्रत्यक्ष हानिनोक्सानी पुर्‍याइएको अख्तियारको ठहर छ।

 

आयोगले निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ, त्यसका अध्यक्ष वाङ पो र परियोजना प्रबन्धक याङ चिकाङलाई पनि मतियारको रूपमा मुख्य कसुरदार सरह नै सजाय मागदाबी गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता