झापामा मात्र विभिन्न प्रकृतिका २ सय २७ वटा मुद्दा दर्ता

झापा,६ जेठ। झापा जिल्लामा गत बैशाख महिनामा मात्रै २२७ वटा विभिन्न आपराधिक घटनाका मुद्दा दर्ता भएका छ्न । ति मध्ये आर्थिक अपराधका मात्रै ५० वटा मुद्दा छ्न ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वैशाख महिनाभर झापामा विभिन्न प्रकृतिका कुल २ सय २७ वटा मुद्दा दर्ता भएका छ्न ।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये १ सय २८ सामान्य, ७८ गम्भीर तथा २० जघन्य प्रकृतिका रहेका छन् । यस अवधिमा प्रहरीले २ सय ९ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ भने ६८ जना फरार रहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्धका कसुर अन्तर्गत १२ वटा मुद्दा दर्ता भएका छन् । जसमा महिलासम्बन्धी ४, बालबालिकासम्बन्धी ८ रहेका छ्न ।
यस्तै आर्थिक अपराधतर्फ ५० वटा मुद्दा दर्ता भएका छन् । जसमा लागूऔषध सम्बन्धी ७, बैंकिङ कसुर ४२ र अपराधिक लाभ सम्बन्धी १ मुद्दा रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रहरीले वैशाख महिनामा विभिन्न मुद्दामा फरार रहेका ४५ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि १ सय ६ वर्ष ३ महिना १९ दिन कैद सजाय तथा रु. २६ लाख १७ हजार ५ सय ७१ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ टोलीले लागूऔषध, वैदेशिक रोजगार, ठगी, संगठित अपराध र बहुविवाह सम्बन्धी मुद्दाका मुख्य प्रतिवादीहरूलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निजि क्षेत्र विना बालेन सरकार चल्दैन : श्रम मन्त्री

काठमाडौं,३२ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।बिहीबार युवा, श्रम तथा

आत्महत्या दुरुत्साहन कानुनी व्यवस्था, चुनौती र सुधार

  -अधिवक्ता नविन खतिवडा आत्महत्या एक व्यक्तिगत त्रासदी मात्र नभएर यसको जरोमा सामाजिक, मनोवैज्ञानिक र कानुनी कारणहरू जेलिएका हुन्छन् । तर, त्योभन्दा पनि गम्भीर र

जापानीज राजदुतसँग शिक्षामन्त्रीको भेट, शिक्षामा जापनको सहयोग लिने

काठमाडौँ, ३२ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको

अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले के के भन्नु भयो

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का