मापसे र तीव्र गति नियन्त्रण गर्न मकवानपुर प्रहरीको विशेष अभियान

हेटौंडा,११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु गरेको छ । बजार क्षेत्रसँगै राजमार्गमा समेत विशेष निगरानी बढाइएको प्रहरीले जनाएको हो । पछिल्लो समय मदिरा सेवनपछि सवारी चलाउँदा हुने दुर्घटनाको दर बढ्दै गएको र यसले सर्वसाधारणको ज्यानमा गम्भीर जोखिम सिर्जना गरिरहेको निष्कर्षपछि प्रहरीले अभियानलाई थप प्रभावकारी बनाएको हो ।

अभियान अन्तर्गत राजमार्ग तथा व्यस्त सडक खण्डहरूमा गुड्ने बस, अटो, मयूरी, मोटरसाइकल, स्कुटरदेखि सरकारी सवारी साधनसम्म सबैलाई अनिवार्य रूपमा जाँच गरिएको छ । प्रहरीले कुनै पनि सवारीलाई छुट नदिई समान रूपमा चेकिङ गरिरहेको जनाएको छ । मदिरा सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा गाडी कुदाउने तथा अनावश्यक ध्वनि प्रदूषण गर्ने चालकहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पार्दै नियम उल्लङ्घन गर्ने जोसुकैलाई कडाभन्दा कडा कारबाही गरिने बताउनु भयो । उहाँले भन्नु भयो, ‘चाहे सरकारी सवारी होस् वा निजी, सबैलाई एउटै नियम लागू हुन्छ । मदिरा सेवन गरी सवारी चलाउने र समाजमा अव्यवस्था सिर्जना गर्ने जोसुकैलाई पनि हामी कारबाही गर्छौं ।’ प्रहरीका अनुसार विशेषगरी रातिको समयमा मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएको छ, जसका कारण दुर्घटना, झगडा तथा अन्य आपराधिक गतिविधिहरू पनि बढ्ने गरेका छन् । यस्तो अवस्थालाई नियन्त्रण गर्न दैनिक रूपमा विभिन्न स्थानमा चेकिङ तीव्र पारिएको र आगामी दिनहरूमा अझ सशक्त बनाइने योजना रहेको छ ।

यस अभियानलाई आजदेखि निरन्तर रूपमा लागू गरिएको र कुनै पनि हालतमा कमजोर नपारिने प्रहरीको भनाइ छ । प्रहरीले सबै चालकलाई जिम्मेवार भएर सवारी चलाउन, मदिरा सेवनपछि सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, सर्वसाधारणलाई सुरक्षित यात्राको लागि सचेत रहन र नियम उल्लङ्घन गर्नेहरूबारे जानकारी दिन समेत अनुरोध गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले