सार्वजनिक बिदा

सरकारले २०७९ सालका लागि स्वीकृत गरेकाबाहेक प्रदेश १  मा तीन वटा सार्वजनिक बिदा थप

 

 

विराटनगर : प्रदेश १ सरकारले तीन वटा सार्वजनिक बिदा थप गरेको छ। मंगलवार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संघीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेकाबाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको हो।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने महागुरू फाल्गुनन्द जयन्तीका दिन प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी दिए।

बैठकले असाध्य रोग लागेका २१ जना बिरामीको मागअनुसार उपचार खर्चबापत अनुदान दिने, अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वयसम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ। यस्तै‚ कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान (पहिलो संशोधन) नियमावली २०७८’ स्वीकृत गरेको छ।

त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन र प्रदेश प्रज्ञाप्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई

स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

काठमाडौं ,८ असोज। पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी नदिने शेरबहादुर भट्टराईको घोषणा, भने–‘अब नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ’

कांग्रेसका युवा नेताकार्यकर्तालाई नेतृत्वमा आउन, सिक्न र सिकाउन आग्रह

विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं,७८ असोज। नेपाल बाढी सूचनाका अनुसार आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । नेपाल बाढी सूचनाले