अमर्यादित गतिविधि गर्ने सांसदमाथि कारबाहीको तयारी :सभामुख

काठमाडौं,१८ जेठ । सभामुख डिपी आर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख आर्यालले २०८३ जेठ १७ गतेको बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गरेको, अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र भौतिक हानि–नोक्सानी तथा क्षति पुर्याउने कार्यसमेत गरेको सम्बन्धमा आफूलाई विस्तृत जानकारी प्राप्त भएको बताउनु भएको हो ।

उहाँले भन्नु भयो, ‘प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम बैठक समाप्त भएपछि उक्त घटनाबारे विस्तृत जानकारी प्राप्त भएको छ । आजै सो विषयमा मुचुल्का पनि तयार भइसकेको छ ।’

सभामुख आर्यालका अनुसार घटनाबारे आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् ।

सभामुखले प्रतिवेदन प्राप्त भएपछि नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले भन्नु भयो, ‘प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ९४० बमोजिम आवश्यक कारबाही अगाडि बढाउन सकिने व्यहोरा जानकारी गराउँदछु ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुइयाको फुरफुर – ३६

उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली

भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।   जसमध्ये रसुवामा

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी