सीमा र सीमांकनका विषयहरू खुला संवाद बाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं,२४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिनु भएको छ ।

भारत भ्रमणका क्रममा उहाँले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि बढाउनुपर्ने बताउनु भएको छ ।

उहाँले भन्नु भयो, ‘हामी आपसी हितका विषयमा सम्बन्ध निर्माण गर्न चाहन्छौँ । हामीबीच केही मुद्दाहरू छन् भन्ने कुरा म स्वीकार गर्छु । सीमा र सीमांकनसँग सम्बन्धित बाँकी रहेका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्न सकिन्छ र गर्नुपर्छ ।’

खनालले नेपाल र भारतबीच यस्ता विषय समाधानका लागि विभिन्न संयन्त्रहरू पहिल्यैदेखि रहेको उल्लेख गर्दै, प्राविधिक तहको संयुक्त फिल्ड सर्भे टोली अहिले सीमाक्षेत्रमा संयुक्त रूपमा काम गरिरहेको जानकारी दिनुभयो । साथै, भारतका विदेशमन्त्रीसँग भएको छलफलमा ती सबै संयन्त्रलाई पुनः सक्रिय बनाउने सहमति भएको पनि उहाँले बताउनु भयो ।

उहाँका अनुसार, ‘हामीले हिजोको छलफलमा सबै संयन्त्रहरू सक्रिय बनाउने सहमति गरेका छौँ, ताकि खुलापन र संवादका माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्न सकियोस् ।’ परराष्ट्रमन्त्री खनालको अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, संवाद र सहकार्यका आधारमा नयाँ ढंगले अघि बढाउने नेपालको संकेतका रूपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुइयाको फुरफुर – ३६

उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली

भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।   जसमध्ये रसुवामा

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी