एमाले सांसद थेवेद्वारा प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग

काठमाडौं,२६ जेठ । नेकपा एमालेका सांसद क्षितिज थेवेले राष्ट्रिय सीमासँग जोडिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर संसदमा माफी माग्नुपर्ने बताएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेवेले आफूहरू विरोधका लागि मात्र नभई राष्ट्रिय हित र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विषयमा धारणा राख्न उभिएको बताएउनु भयो।

उहाँले सांसदहरूको मुख्य दायित्व संविधानसँग नबाझिने गरी राष्ट्रिय हितका लागि आवश्यक कानुन निर्माण गर्नु रहेको उल्लेख गर्दै सार्वजनिक बिदा वा अन्य कुनै बहाना नबनाई कानुन निर्माणमा पूर्ण रूपमा समर्पित रहेको बताएउनु भयो।

थेवेले राष्ट्रिय सीमाको विषय कुनै दल विशेषको मात्र नभई समग्र राष्ट्रसँग जोडिएको विषय भएकाले त्यसलाई राष्ट्रलाई केन्द्रमा राखेर हेर्नुपर्ने धारणा राखे। सत्तापक्षका सांसदहरूले सहीलाई सही र गलतलाई गलत भन्ने साहस देखाउने अपेक्षा आफूले गरेको पनि उनले बताएउनु भयो ।

‘सत्तापक्षको माननीयज्यूहरु सहीलाई सही र गलतलाई गलत भनेर परिवर्तनशिलताको नारा ल्याउनुभएको थियो । यस्तो राष्ट्रिय सुरक्षाको विषयमा, सिमानाको विषयमा प्रतिपक्ष मात्र होइन हामी पनि उभिएर संसदमा गलतलाई गलत भन्नुहुन्छ भन्ने पूर्ण आश लागेको थियो,’ उहाँले भन्नु भयो ।

उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी संवेदनशील विषयमा प्रश्न उठाएको भन्दै त्यसलाई सच्याएर माफी माग्नुपर्ने माग गर्नुभयो।

‘यो केवल पार्टीको विषय मात्र रहेन, राष्ट्रलाई शिरमा राखेर हेर्नुपर्छ,’ उहाँले भन्न्ु भयो, ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई सच्याएर माफी मागेर कार्यसूचीमा जानुपर्छ।’

थेवेले सीमासम्बन्धी विषयमा संसद र राजनीतिक दलहरू एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुइयाको फुरफुर – ३६

उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली

भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।   जसमध्ये रसुवामा

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी