यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सीमाको विषय कुनै एक दल वा प्रतिपक्षको मात्र मुद्दा नभई सम्पूर्ण संसद र राष्ट्रको साझा मुद्दा भएको धारणा राख्नु भयो । उहाँले देशको बहालवाला प्रधानमन्त्रीले नेपालले अर्को देशको भूमि मिचेको आaशयको अभिव्यक्ति दिएको विषयमा संसदले समयमै प्रश्न उठाउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताउनु भयो।

उहाँले भन्नु भयो, ‘सिमाको विषय अतिसंवेदनशिल विषय हो । सायद यो प्रतिपक्षको मात्र मुद्दा हो जस्तो लाग्दैन । यो सार्वभौम संसदको मुद्दा हो । यो सबै पक्षको मुद्दा हो । देशको बहालवाला प्रधानमन्त्रीले हामीले अर्काको देशको सीमा मिचेका छौं भनेर भनिरहँदाखेरि हामीले त्यही दिन नै प्रश्न गर्नुपर्ने हुन्थ्यो तर गर्न सकेनौं ।’

उहाँले भविष्यमा कुनै पनि प्रधानमन्त्रीले नेपालले मिचेको भनिएको भूमि फिर्ता दिनुपर्ने अवस्था आए त्यसबेला कुन भूमि दिने भन्ने प्रश्न उठ्ने भन्दै सीमाको विषयमा संसद गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । संसद काम गर्ने थलो भएकाले यस्ता राष्ट्रिय महत्वका विषयमा स्पष्ट छलफल हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘आज रास्वपाको प्रधानमन्त्रीले यस्तो बोले भन्ने मात्र होइन भोली अर्को प्रधानमन्त्री आए भने त्यतिखेर देशको सिमाना कहाँ कहाँ मिचेका छौं देऊँ भन्यो भने कताको भूमि दिने ?

सांसद शाहीले राष्ट्रभन्दा ठूलो कुनै पनि कुरा नरहेको उल्लेख गर्दै विभिन्न पेशा, वर्ग र राजनीतिक विचारमा आबद्ध भए पनि सबै नेपालीलाई जोड्ने साझा आधार नेपाल र नेपाली माटो नै भएको बताउनु भयो।

उहाँले नेपालको इतिहास सामान्य राजनीतिक गतिविधि, चुनाव वा भाषणबाट निर्माण नभएको भन्दै देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, संसद काम गर्ने थलो भन्छन् यो काम नै हो । यो देशभन्दा ठूलो अरु केही पनि छैन । राष्ट्र भन्दा ठूलो अरु के छ र ? केही यहाँ व्यापारी हुनुहुन्छ होला, कोही सांसद हुनुहुन्छ, कोही कर्मचारी, कोही विद्यार्थी तर हामी सबैलाई जोड्ने एउटै माटो हो नेपाल भन्ने देश । यो देशको इतिहास चाँही तपाईं हामीले जस्तो चुनाव गरेजस्तो, गीत गाएजस्तो, राजनीतिक भाषण ठोकेर बनेको देश चाँही होइन।’

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको