नेपाल–भारत सीमा व्यवस्थापनबारे झापामा द्विपक्षीय फिल्ड सर्भे बैठक सम्पन्न

दमक। २९ जेष्ठ । नेपाल–भारत सीमा व्यवस्थापन तथा सीमासम्बन्धी विषयमा नेपाल र भारतका उच्च अधिकारीहरूको सहभागितामा झापाको बिर्तामोडमा द्विपक्षीय फिल्ड सर्भे बैठक सम्पन्न भएको छ । आज बिहान करिब १० बजेर ४५ मिनेटमा बिर्तामोड नगरपालिका–३ स्थित किङ्सबेरी होटलको सभाहलमा आयोजित बैठक नेपाल–भारत सीमा सम्बन्धी द्विपक्षीय फिल्ड कार्य अन्तर्गत सम्पन्न भएको हो ।

 

बैठकमा भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्लाका जिल्ला अधिकारी विशाल राज, भारतीय सीमा सुरक्षा बल एसएसबीका अधिकारीहरू तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए । नेपालतर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम र झापाका प्रमुख जिल्ला अधिकारी तथा प्रतिनिधिहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरू, डिभिजन वन कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

 

करिब ५० देखि ६० जना उच्च सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बैठकमा नेपाल–भारत सीमाक्षेत्रको व्यवस्थापन, सीमा स्तम्भको अवस्था, सीमाक्षेत्रमा देखिएका चुनौती तथा समन्वयका विषयमा छलफल भएको जनाइएको छ । दुवै देशका सम्बन्धित निकायबीच सीमासम्बन्धी विषयमा आपसी सहकार्य, सूचना आदानप्रदान र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ सुरु

दमक,२९ जेठ । के केवल किताबी ज्ञान र सर्टिफिकेटले मात्रै आजको आधुनिक र प्रतिस्पर्धी बजारमा टिक्न सकिएला? पक्कै पनि सकिँदैन। यही यथार्थलाई बुझेर झापाको प्रतिष्ठित

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

काठमाडौं,२९ जेठ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने

काभ्रे बस दुर्घटना , १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप,२९ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

काठमाडौं,२९ जेठ। सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गर्नु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै

बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित , सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं,२९ जेठ । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन