झापा महिला गोल्डकपमा फाइनल प्रवेशका लागि आज झापा ११ र एपिएफ खेल्दै

दुधे, मंसिर ९ । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । दुधे रंगशालामा फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ एफसीले विभागीय टोली एपिएफ एफसीको सामना गर्नेछ ।
दिउँसो २ः४५ बजे हुने खेलमा दुवै टोलीले जितका लागि तयार रहेको दाबी गरेका छन् । झापा ११ ले उद्घाटन खेलमा कास्कीको आरएस पोखर्रा फसीलाई १०(० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा विदेशी टोली भुटानको थिम्पु राभेन वुमन्स फुटबल क्लबलाई ७(० गोल अन्तरले पराजित गर्दै एपिएफले झापा ११ सँगको भेट पक्का गरेको थियो । एपिएफ गत वर्षको उपविजेता टोली हो ।
आज झापा ११ ले अघिल्लो खेलकै खेलाडी मैदान उतार्नेछ । दुईजना नयाँ अनुवभवी खेलाडी थप हुन सक्ने क्लबले जनाएको छ । संकटा क्लबमा रहेका अधिकांश खेलाडी झापा ११ को जर्सीमा दुधे रंगशालामा देखिनेछन् ।

एपिएफबाट अधिकांश खेलाडी राष्ट्रिय टोलीका सदस्य रहनेछन् । आजको जित निकाल्ने टिमले कम्तिमा पाँच लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं,९ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई

ओलीले राजीनामा मागेपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, नेकपाले दियो नछोड्न सुझाव

विराटनगर,९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा पर्नु भएको छ ।उहाँले

झापा महिला गोल्डकपमा फाइनल प्रवेशका लागि आज झापा ११ र एपिएफ खेल्दै

दुधे, मंसिर ९ । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । दुधे रंगशालामा फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११

बंगलादेश फर्किए वा कूटनीतिक नियोग पुगे हसिना पक्राउ पर्ने

काठमाडौं,९ मंसिर । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरेपनि पक्राउ पर्ने हुनु भएको छ । बंगलादेशकी विदेश मामिलासम्बन्धी

लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

काठमाडौं ,९ मंसिर। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने

दमकमा महिलाको बाहुल्यता देखिएको यो र्याली के हो? र किन आयोजना गरियो?

दमक,९ मंसिर । दमक नगरपालिकाबाट बिहान ८ बजे आ(आफ्नो व्यानर तेर्साएर विभिन्न महिलाका समुहहरु अघि बढी रहेका छन ।मुख्य आयोजक दमक नगरपालिका रहेको छ भने

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र