महिलाको माग

स्थानीय तह निर्वाचन : महिला जनप्रतिनिधीको संख्या बढाउने झापाका राजनैतिक दलहरुको प्रतिवद्धता (भिडियो सहित)

दमक/
झापा विर्तामोड निवासी रञ्जु प्याकुरेल राप्रपाकी विर्तामेड नगर कमिटी अध्यक्ष हुनुहुन्छ । उहा आसन्न स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाको नगर प्रमुखको उम्मेद्वार बन्ने योजनामा हुनुहुन्छ । पार्टिले अव महिलाहरुलाई अवसर दिनु पर्ने भन्दै उहाँले पार्टिभित्रैबाट बिर्तामोडमा नगर प्रमुखको उम्मेदवारी माग गरिरहेको उल्लेख गर्नु भयो । पार्टिको महाधिबेसन प्रतिनिधी समेत रहनु भएकी प्याकुरेलले जिल्लाक अन्य पालिकामा पनि वडामा वडाध्यक्ष, पालिकामा प्रमुख पदमै महिला उम्मेदवारको संख्या बृद्धि गरेर लैजान नेतृत्वसँग छलफल गर्ने बताउनु भएको छ ।

यस्तै नेपाल विद्यार्थी सघंबाट राजनितीक यात्रा सुरु गर्नु भएकी नेतृ उमा सिवाकोटी पनि विर्तामोडको नगर प्रमुखमा उम्मेदवार बन्ने आकक्षा व्यक्त गर्नु हुन्छ । महिला इमान्दार र पाएको जिम्मेवारी सहि ढंगले गर्ने भएकोले अव पूरुषलाई मात्रै प्रमुख पदमा होईन महिलालाई पनि अवसर दिनु पर्छ भन्नेमा पार्टिभित्र आफुले छलफल थालीसकेको पनि उहाँले बताउनु भयो । विर्तामोडमा आफै नगर प्रमुखको उम्मेदवारीको दावी गर्ने उमाले जिल्लाका अन्य पालिकामा पनि महिला उम्मेदवार कहाँ र कसरी बढाउन सकिन्छ भनेर आफुले लबिङ गर्ने बताउनु भएको छ ।

यता नेकपा एमालेका झापा जिल्ला अध्यक्ष दिपक कार्की पनि महिलाहरुको क्षमता विकास भएको कुरा स्विकार गर्नुहुन्छ । अघिल्ला अघिल्ला चुनावमा महिला उम्मेदवार पाउन हम्मे हम्मे परेको स्मरण गर्र्दै उहाँले यो पटकको चुनावमा भने क्षमतावान महिलाहरु देखिएको र आफै विभिन्न पदमा दावि गरेर आउनु सकरात्मक रहेको उल्लेख गर्नु भयो । आगामी चुनावमा प्रतिवन्दीको अवस्था हेरेर वा केहि दलहरुसँग छलफल गरेर कुनै वडा वा पालिका महिला मैत्री पनि बनाउन सकिने उहाँले बताउनु भयो ।

 

२०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिएसँगै यसको सरगर्मी राजनैनितक दलमा मात्र होईन अहिलेका जनप्रतिनिधीमा पनि बढ्न थलेको छ । विषेश गरि आगामी निर्वाचनमा संविधानले व्यवस्था गरेभन्दा बढी पदमा महिला उम्मेदवार बढाउने माग गरिरहेका महिला जनप्रतिनिधीहरुलाई दलका नेताहरुले आस्वाषन दिएका छन् । झापाका मुख्य राजनैतक दलक जिल्ला स्तरीय नेताहरुले आगामी स्थनीय तहको चुनावमा महिला उम्मेदवार संविधनले तोके भन्द बढि बनाउन दलगत सामुहकि छलफल गरेर भएपनि निणर्य गरिने आस्वासन दिएका हुन ।

 

३ वर्ष अघी सि लिड्स परियोजना अर्थात नेतृत्वमा महिला कार्यक्रम सञ्चालनमा भइरहेको छ । यो कार्यक्रमले महिला सदस्य र दलित महिला सदस्यहरुलाई चरणवद्ध रुपमा तालिम दियो । यहाँ तालिम लिएका महिला जनप्रतिनिधीहरुले आगामी निर्वाचनमा झापामा महिलाको संख्या बढाइदिन जिल्ला स्तरिय नेताहरुलार्इं ज्ञापन पत्र पनि बुझाएका छन् । सि डि डब्लु एन अर्थात दलित महिला केन्द्र नेपाले शी लिड्स (महिला नेतृत्व विकास) कार्यक्रम झापाका ५ वटा पालिकामा चरणवद्ध रुपमा चलिरहेको छ ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न