रेनुकाद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा एसएसबीले गतिविधि बढाएको आरोप

काठमाडौं,१ असार । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आवागमन र गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सुस्ताका सीमावासी नेपालीलाई राज्य आफ्नो साथमा रहेको अनुभूति गराउन आवश्यक रहेको बताउनु भयो।

उहाँले प्रधानमन्त्रीले केही समयअघि संसदमा दिएको ‘नेपालले पनि सीमा मिचेको छ’भन्ने अभिव्यक्तिपछि भारतीय एसएसबीका अधिकारीहरू पटक–पटक सुस्ता क्षेत्रमा आउन थालेको दाबी गर्नु भयो ।

‘पश्चिम नवलरासी सुस्ताका सीमा रक्षक नेपालीलाई हामीसँग सरकार छ भन्ने अनुभूति दिनुपर्छ । संयोग पनि भयो, प्रधानमन्त्रीले नेपालले पनि सीमा मिचेका छ भनेर अभिव्यक्ति दिएपछि घरीघरी भारतीय एसएसबी सुस्तामा आइरहेका छन्। सायद प्रधानमन्त्रीज्यूले भनेको मिचिएको सीमा खोज्न आएका होलान्,’ उहाँले भन्नु भयो।

सांसद काउचाले जेठ १७ गतेपछि पुनः जेठ २९ गते पनि भारतीय एसएसबीका अधिकारीहरू सुस्तामा आएको उल्लेख गर्दै स्थानीय बासिन्दाले साहसका साथ उनीहरूलाई फर्काएको बताउनु भयो । यद्यपि, पुनः आउने चेतावनी दिएर फर्किएको भन्दै उहाँले सरकारको तयारीबारे प्रश्न उठाउनु भयो।

उहाँले भन्न्ु भयो,‘फेरि आउने भन्दै गएका एसएसबीलाई सुस्तामा पस्नै नदिन सरकारले के गरिरहेको छ रु सरकारले संसदलाई जवाफ दिनुपर्छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय