काठमान्डौं ,५ असार ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले लामो समयदेखिको प्रतीक्षा अन्त गर्दै नागरिकहरू आफैँले अनलाइनबाटै परिचयपत्र डाउनलोड गर्न मिल्ने सेवा परीक्षणका रूपमा सुरु गरेको छ।
समस्याको समाधान यसअघि परिचयपत्रको नम्बर पाएर पनि भौतिक कार्ड प्रिन्ट हुन महिनौँ वा वर्षौँ लाग्ने गर्दा नागरिकहरूले राहदानी बनाउन वा अन्य सरकारी सेवा लिन सास्ती बेहोर्नुपरिरहेको थियो। अब यो डिजिटल कार्डले भौतिक कार्डकै सरह मान्यता पाउनेछ।
डाउनलोड गर्ने प्रक्रिया परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले विभागको वेबसाइटमा गएर आफ्नो नाम नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी भएको मिति प्रविष्ट गरी प्रमाणीकरण भएपछि फोटो र क्युआर कोडसहितको परिचयपत्र डाउनलोड गर्न सक्नेछन्।
सुरक्षा र रुजु नयाँ कार्डमा सुरक्षित क्युआर कोड राखिएको छ। सरकारी कार्यालय, बैंक वा अन्य सार्वजनिक निकायहरूले सेवा प्रवाह गर्दा उक्त कोड स्क्यान गरेर राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीबाट सिधै विवरण रुजु गर्न सक्नेछन्।
यसले नक्कली कागजातको जोखिम पूर्ण रूपमा नियन्त्रण गर्ने विभागको दाबी छ।









