हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला परेका थिए। हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहीबार दिउँसो र अपराह्न गरी आठ शव फेला पारेको हो। उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले आज आठ शव फेला परेको जानकारी दिएका छन्। यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो। खोज तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यस्तै, आइतबार र सोमबार चार जनाको शव भेटिएको थियो। वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको उद्धार टोलीले जनाएको छ।

असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना हराएका थिए भने ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए। हिमपहिरोमा हराएकामध्ये बिहीबार अपराह्नसम्म १५ जनाको शव भेटिएको छ। अझै एक जना हराइरहेका छन्। हराएका आरोहीको खोजी जारी रहेको संघले जनाएको छ। आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा ११ जनाको टोली खोज तथा उद्धारमा खटिएको छ। खोज तथा उद्धार टोलीमा विक्रम कार्की, दावा जंबु शेर्पा, निगिमा टासी शेर्पा, बलराम गोम्बू, काजी शेर्पा, दा नोर्बु शेर्पा, दावा संगे शेर्पा, टार्के शेर्पा र दावा तेन्जी शेर्पा रहेका छन्। उनीहरू हिमपहिरो गएकै दिन असोज ११ गतेदेखि खोज तथा उद्धारमा खटिएका थिए। मौसम खराबीका कारण खोज तथा उद्धारमा कठिनाइ भएको टोली प्रमुख शेर्पाले जनाएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा