महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४ का वडाध्यक्ष भक्तबहादुर सुनारले बाढीको क्षतिपछि पुल प्रयोगविहीन बन्दा पैदल छोटो बाटो महेन्द्रनगर आउजाउ गर्ने सर्वसाधारणलाई अप्ठ्यारो परेको बताउनुभयो ।विशेष गरी आफ्नो उत्पादन बजारमा बिक्री वितरणका लागि जाने स्थानीय किसान र विद्यालय जाने विद्यार्थी बढी प्रभावित बनको वडाध्यक्ष सुनारले जानकारी दिनुभयो ।पछिल्लो समय हाल बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल भन्दा झन्डै डेढ किलोमिटर उत्तरमा लगभग निर्माण पूरा भइसकेको चार लेन पक्की पुल तयार भइसकेको छ।झोलुंगे पुल बाढीले बगाएपछि छोटो बाटो प्रयोग गर्दै आएका स्थानीय सर्वसाधारण सुख्खा बन्दरगाहका लागि निर्मित चार लेनको पक्की पुल वैकल्पिक रूपमा प्रयोग गर्न बाध्य भएको सुनारले बताउनुभयो ।

त्यसबाट झन्डै ४२ हजार बासिन्दा प्रभावित भएको वडाध्यक्ष सुनारले जानकारी दिनुभयो ।’यो झोलुंगे पुलबाट दैनिक तीनदेखि चार सय जना मानिसहरू ओहोरदोहोर गर्थे,’ उहाले भन्नुभयो, ‘यो झोलुंगे पुलसँग हाम्रो भावनात्मक सम्बन्ध छ – विगतमा हामी आफ्नै जिल्लाको सदरमुकाम भीमदत्त आउजाउ गर्दा इण्डियाको बाटो प्रयोग गर्नु पर्ने बाध्यता थियो। इण्डियाका प्रहरीको दुर्व्यवहार र हप्कीदप्कीबाट मुक्तिहामीलाई यही झोलुंगे पुलले दिलाएको थियो।’वडाध्यक्ष सुनारका अनुसार हाल बाढीले गरेको क्षतिका कारण प्रयोगविहीन बनेको झोलुंगे पुलले त्यहाँको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुर्‍याउँदै आएको थियो। महाकाली नदी माथि निर्मित झन्डै १४०० मिटर लामो पुल आकर्षक रहेको हुँदा मानिसहरू त्यहाँ फोटो तथा रिलहरू बनाउन आउजाउ गरिरहन्थे। बाढीले पुल भत्काई प्रयोगहीन बनेपछि ती सबै गतिविधि हाल ठप्प बनेका छन्। बुधबार मात्रै पुलको अवस्था अध्ययन गर्न सुदूरपश्चिमका मुख्यमन्त्री र इञ्जिनियरको टोली स्थलगत अध्ययन गर्न पुगेको थियो।

बाढीले भत्काएर प्रयोगविहीन बनेको पुल मर्मत गर्न भीमदत्त र दोधारा चाँदनी नगरपालिकादेखि प्रदेश सरकारले पनि प्रतिबद्धता जाहेर गरेको भए पनि हाल महाकालीमा पानीको सतह धेरै रहेको हुँदा तत्काल मर्मत सम्भव आफूले नदेखेको वडाध्यक्ष सुनारले बताउनुभयो ।बुधबार बिहान अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले पुलमा क्षति पुर्‍याएर प्रयोगविहीन बनेको उक्त झोलुंगे पुल २०६० को दशकमा निर्माण भएको थियो। दोधरा चाँदनीका विपद सम्पर्क व्यक्ति अमृत विकले पनि महाकालीमाथि निर्मित पुल बाढीले क्षति पुर्‍याएपछि स्थानीय उत्तरमा पर्ने सुख्खा बन्दरगहाका लागि निर्मित चारलेन पक्की पुल मार्फत यात्रा गर्न बाध्य भएको बताए।’झोलुंगे पुल मध्यभागमा थियो र पैदल हिँड्ने सबैका लागि छोटो बाटो थियो,’ विकले भने, ‘बाढीले पुल चुँडाइदिएपछि अब उत्तर छेउतिर पर्ने डेढ दुई किलोमिटर उत्तरको पक्की पुल सर्वसाधारणले प्रयोग गरिरहेका छन्।’

यसबाट सवारी साधन हुने भन्दा पनि नहुने सर्वसाधारण, किसान र विद्यार्थी बढी प्रभावित भएको हुँदा जति सक्दो चाँडो पुल मर्मत गर्न जरूरी रहेको उनले बताए।महाकाली नदीमाथि निर्मित दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुंगे पुलको एकापट्टीको पिलरको बुधबार बिहान आएको बाढीले बगाएको थियो। यसले पुल बीचबाट भाँचिन पुगेको र सर्वसाधारणलाई आवतजावत गर्न समस्या उत्पन्न भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर रावतले जानकारी दिएका थिए।दोधारा तर्फको करिब ६ मिटरजति पुलको बीचको भाग माथि उठेको हुँदा प्रयोग प्रयोगविहीन बन्न पुगेको तथा सर्वसाधारणको आवतजावतमा समस्या भएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि

काठमाडौं , असोज १५। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार