अंक प्रणालीबारे प्रश्न उठाउँदै : सांसद बराल

काठमाडौँ,५ असार । नेकपा (एमाले) का सांसद गुरु प्रसाद बरालले सरकारले हालै जारी गरेको विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिमाथि गम्भीर प्रश्न उठाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक योग्यतालाई महत्व दिने तथा खुला प्रतिस्पर्धाबाट सक्षम व्यक्ति आउने दाबी गरिए पनि अहिलेको प्रक्रियालाई नजिकबाट हेर्दा राजनीतिक प्रभाव पर्याप्त मात्रामा कायम रहने देखिएको बताउनु भएको हो।

उहाँले भन्नु भयो, ‘हालै सरकारले विश्वविद्यालयका उपकुलपतिहरूको छनोट र सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३ जारी गरेको छ । राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक योग्यतालाई महत्व दिने तथा खुला प्रतिस्पर्धाबाट सक्षम व्यक्ति आउने दाबी गरिए पनि अहिलेको प्रक्रियालाई नजिकबाट हेर्दा राजनीतिक प्रभाव पर्याप्त मात्रामा कायम रहने देखिन्छ ।’

बरालले छनोट समितिले मूल्यांकन गरेर उम्मेदवार सिफारिस गरे पनि अन्तिम नियुक्तिको अधिकार कुलपतिमा रहने व्यवस्थाले राजनीतिक हस्तक्षेपलाई निरन्तरता दिएको बताउनु भयो।

‘अधिकांश सार्वजनिक विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति हुने भएकाले राजनीतिक प्रभाव पूर्णरूपमा हट्न सकेको छैन,’ उहाँले भन्नु भयो ।

उहाँले विश्वविद्यालयको स्वायत्ततामाथि असर पर्नेगरी कार्यविधि ल्याइएको दाबी गर्दै शिक्षाविद्हरूले विश्वविद्यालयको आफ्नै छनोट प्रक्रिया हुनुपर्ने धारणा राख्दै आएको स्मरण गराउनु भयो ।

उहाँले भन्न्ुा भयोे, ‘सरकार केन्द्रित प्रक्रियाले विश्वविद्यालयको संस्थागत स्वायत्ततामा गम्भीर असर पार्छ। नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र खुला विश्वविद्यालयको प्रकृति फरक–फरक छ। तर सबैका लागि एउटै ढाँचा र एउटै अंकभारको व्यवस्था गरिएको छ, जसले योग्यतम उपकुलपति छनोट हुने विषयमा आशंका उत्पन्न गरेको छ ।’

अंक प्रणालीबारे पनि प्रश्न उठाउँदै उहाँले प्रकाशन, अनुसन्धान परियोजना, पुस्तक लेखनलगायतका आधारमा अंक प्रदान गर्ने व्यवस्थाले गुणात्मक पक्षभन्दा परिणामलाई बढी महत्व दिएको बताउनु भएको छ ।

बरालले विश्वविद्यालय क्षेत्रमा मात्र नभई स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पनि वरिष्ठ प्राध्यापकलाई पन्छाएर कनिष्ठलाई कार्यवाहक जिम्मेवारी दिने अभ्यास बढेको भन्दै असन्तुष्टि व्यक्त गनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको