अर्थमन्त्री वाग्ले हेटौँडामा, सुरक्षा व्यवस्था कडा

हेटौँडा,७ असार । स्वर्णिम वाग्ले आज हेटौँडा जाने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको आफ्नै नवनिर्मित भवनको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले हेटौँडा जान लाग्नु भएको हा ।

अर्थमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सुरक्षा निकायले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका छन् । कार्यक्रमस्थल तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जनाइएको छ ।

नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटनसँगै बैंकिङ सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, बैंकका उच्च पदाधिकारी,उद्योगी–व्यवसायी तथा सर्वसाधारणको समेत सहभागिता रहने बताइएको छ ।

अर्थमन्त्री वाग्लेको उपस्थितिमा हुने उक्त कार्यक्रमलाई हेटौँडाको आर्थिक तथा बैंकिङ क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको