कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने मुलुकपिच्छे फरक–फरक भन्सार महसुल (ट्यारिफ) र बढ्दो गैर–भन्सार अवरोधका कारण नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता र निर्यात लागतमा प्रत्यक्ष असर परिरहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार भारत, चीन, जापान, जर्मनी, बेलायत, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, पोल्यान्ड, नर्वे, स्विडेन, डेनमार्क, माल्टा र मकाउलगायतका मुलुकले नेपाली चिया आयातमा शून्य प्रतिशत भन्सार सुविधा दिएका छन् ।

 

तर, सबै देशको नीति समान छैन । दक्षिण एसियाली मुलुक श्रीलंकाले नेपाली चियामा २० प्रतिशत र पाकिस्तानले १० प्रतिशत भन्सार लिने गरेका छन् । यस्तै, संयुक्त अधिराज्य (यूके) ले ६.८२ प्रतिशत, रुसले ६.७५ प्रतिशत र संयुक्त अरब इमिरेट्स (यूएई) ले ५ प्रतिशत भन्सार महसुल असुल गर्ने गरेका छन् । नेपाली चियाको सबैभन्दा ठूलो निर्यात गन्तव्य भारत हो, जहाँ भन्सार दर शून्य छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्रै भारततर्फ करिब १० अर्ब ३८ करोड रूपैयाँ बराबरको चिया निर्यात भएको छ । भारतबाहेक जर्मनी, अमेरिका, चीन, जापान, बेलायत, फ्रान्स र नेदरल्यान्ड्स नेपाली चियाका प्रमुख बजार हुन् ।

 

विज्ञहरूको मत छ, “भन्सार दर कम वा शून्य हुनु मात्रै निर्यात वृद्धिको ग्यारेन्टी होइन । गुणस्तर प्रमाणीकरण, स्वास्थ्य तथा वनस्पति सुरक्षा र प्राविधिक मापदण्ड जस्ता गैर–भन्सार अवरोधहरू अहिले ठूलो चुनौती बनेका छन् । विशेषगरी भारतले पछिल्लो समय गुणस्तर परीक्षणमा गरेको कडाइले नेपाली निर्यातकर्ता मारमा परेका छन् ।“ नेपाल आगामी दिनमा अल्पविकसित राष्ट्र बाट स्तरोन्नति हुने तयारीमा छ । स्तरोन्नतिपछि हाल पाइरहेका धेरै भन्सार सहुलीयतहरू क्रमशः गुम्दै जाने जोखिम छ ।यो परिस्थितिलाई सामना गर्न अबका दिनमा नेपाली चियाको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय ब्रान्डिङ, मूल्य अभिवृद्धि र नयाँ बजारको खोजीमा राज्य र व्यवसायी दुवैले तत्काल जोड दिनुपर्ने आवश्यकता व्यापार विज्ञहरूले औंल्याएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा

अनुभवहीन नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप

इलाम,३१ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अनुभवहीनता र अदूरदर्शी कार्यशैलीका कारण मुलुक बर्बादीतर्फ धकेलिएको आरोप लगाउनुभएको छ।इलाममा आयोजित