थप अनुसन्धान सुरु

महिला प्रहरी हत्या घटनाः २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दा

 

 

 

 

विराटनगर / मोरङको लेटाङमा एक जना महिला प्रहरीको हत्या आरोपमा पक्राउ परेका २० जना विरुद्ध मोरङ प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

पहिलो चरणमा ९ र पछि थप ११ जना गरी प्रहरीले मोरङ अदालतमा २० जनालाई ‘कर्तव्य ज्यान मुद्दा’ म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका–५ का ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, लेटाङ–६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ–५ का २३ वर्षीय प्रदीप राई, सोही वडाकी १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर रहेका छन् ।

यस्तै मिक्लाजुङ गाउँपालिका–२ घर भई लेटाङ–५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ–५ का सञ्जीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रह्लाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ–६ का श्रवण यादवलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’

महिला प्रहरीको ज्यानै जाने गरी भएको लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन भएको छ । ‘हिंसात्मक झडपको घटनाको अनुसन्धानका लागि संयुक्त रूपमा अनुसन्धान सुरु भएको छ’ उनले भने, ‘अनुसन्धान गर्दै पक्राउ गर्ने र सोधपुछको क्रम जारी नै रहेको छ ।’

स्थानीयका अनुसार लेटाङ क्षेत्रका लागू्औषध प्रयोगकर्ताहरू प्रहरी ‘टार्गेट’ मा बढी परिरहेका छन् । लेटाङ तनाव सुरु भएलगत्तैदेखि लागूऔषध प्रयोगकर्ताहरू प्रहरीप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको जानकारी आएको प्रहरी स्रोतको दाबी छ । ‘यसअघि आपराधिक पृष्ठभूमि भएका, लागूऔषधका प्रयोगकर्ताहरूमाथि शङ्का बढी छ’ स्रोतले भन्यो, ‘उनीहरूलाई ल्याएर सोधपुछ गर्ने क्रम जारी छ ।’

यसअघि लागूऔषधको कारोबारी र प्रयोगकर्ताहरूलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउँदै आएको थियो । ‘पक्राउ गरी मुद्दा चलाएको रिस फेर्न पनि कारोबारी र प्रयोगकर्ताहरूले प्रहरीलाई निसाना बनाएको देखिएको छ’–अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने । प्रहरीले यस घटनामा संलग्नलाई पक्राउ गरी घटनाको अनुसन्धान गर्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको छ ।

‘घटना घटाएपछि आरोपी फरार भएका छन् । उनीहरू जङ्गलमा रहेको हुनसक्ने भएकोले प्रहरीले लेटाङ, केराबारी र मिक्लाजुङसँगै उत्तरी क्षेत्रको सर्च अभियान पनि सुरु गरेको छ’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘अहिले आरोपी भाग्न नपाओस् भनेर जङ्गल र जिल्ला नाकासहित चारै तिर प्रहरी परिचालन गरिएको छ ।’

अहिले घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङसहितका प्रहरी अधिकारीहरूले अनुसन्धान गर्दै आएको छ । यस घटनाको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेर छानबिन पनि सुरु गरेको छ ।

समितिमा एसएसपीसहित एक जना डिएसपी, इन्स्पेक्टर र दुई जना असइ रहने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । छानबिन समितिले अनुसन्धान पूरा गरेपछि प्रदेश प्रहरी कार्यालयमा प्रतिवेदन बुझाउनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,