मौद्रिक नीतिको समीक्षा

अर्थतन्त्र सुधारको बाटोमा, मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित

काठमाडौं,२३ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले विश्व अर्थतन्त्रमा देखिएका राजनीतिक तनाव र अनिश्चितताका बीच पनि नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको देखाएको छ ।

 

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालको उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रहेको छ । सो अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत मा सीमित भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, बाह्य क्षेत्र पनि सबल अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । देशको विदेशी विनिमय सञ्चिति थप बलियो बन्दै गएको र हालको सञ्चितिले १९.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

विश्व बजारमा देखिएको अनिश्चितता, भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बाबजुद नेपालको बाह्य क्षेत्र सन्तुलित रहेको तथा समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक दिशातर्फ अघि बढिरहेको राष्ट्र बैंकको निष्कर्ष छ । मौद्रिक नीतिको समीक्षाले मूल्य स्थिरता कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य अनुसार वित्तीय क्षेत्रका सूचकहरूमा सुधार आएको पनि औंल्याएको छ । राष्ट्र बैंकले आगामी दिनमा आन्तरिक उत्पादन, लगानी विस्तार र आर्थिक गतिविधिलाई थप गतिशील बनाउने गरी मौद्रिक व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको