जेनजी आन्दोलन पछि चन्द्रागिरी हिल्स व्यावसायलयमा फर्किँदै

काठमाडौं, २४ असार । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी (व्यापार) गरेको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण कम्पनीको भौतिक संरचनामा ठूलो क्षति पुगी करिब तीन महिना केबलकार सेवा ठप्प भएता पनि कम्पनीको व्यापारिक प्रदर्शन सन्तोषजनक देखिएको छ । यसअघि आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीको आम्दानी एक अर्ब रुपैयाँ पुगेको थियो भने २०८१÷८२ मा ९० करोड २० लाख रुपैयाँ रहेको थियो ।

संरचना पुनर्निर्माणमा समय लागेका कारण र व्यवसायमा आएको अवरोधले गर्दा चालु आर्थिक वर्षको ९ महिनामा कम्पनी ९० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा १८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको मुनाफामा आन्दोलनपछिको अवरोधले प्रत्यक्ष असर पारेको देखिन्छ ।

केबलकार अवरुद्ध हुँदा कम्पनीको रिसोर्ट व्यवसायमा समेत नकारात्मक प्रभाव परेको छ । अघिल्लो वर्ष ३६ प्रतिशत रहेको रिसोर्टको कोठा उपयोग दर ९अकुपेन्सी० यस अवधिमा घटेर २२ प्रतिशतमा झरेको छ ।

कम्पनीको वित्तीय अवस्थालाई ध्यानमा राख्दै इक्रा नेपालले चन्द्रागिरी हिल्सको जारीकर्ता रेटिङलाई आईसीआरएएनपी–आईआर बीबी प्लसमा पुनः पुष्टि गरेको छ । साथै, यसअघि राखिएको नकारात्मक प्रभावसहित निगरानीको सूचीबाट पनि कम्पनीलाई हटाइएको छ । केबलकार सञ्चालन पुनः सुचारु हुनु र ऋण भुक्तानीको तालिकासम्बन्धी व्यवस्थापन हुनुले कम्पनीको वित्तीय जोखिम कम भएको इक्रा नेपालको विश्लेषण छ । हाल कम्पनीको दीर्घकालीन ऋण सीमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले आफ्नो वित्तीय भार कम गर्न र ऋण घटाउनका लागि शतप्रतिशत ९१ः१० हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । यसबाट प्राप्त हुने रकम मुख्य रूपमा बैंकको ऋण भुक्तानीमा प्रयोग गरिनेछ, जसले आगामी दिनमा कम्पनीको पूँजीगत संरचनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

सन् २००९ मा स्थापना भएको यस कम्पनीको मुख्य नेतृत्वमा आईएमई समूह आबद्ध रहेको छ । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी हेमराज ढकाल रहेका छन् । कम्पनीमा उनको १९।२ प्रतिशत शेयर रहेको छ भने अन्य मुख्य लगानीकर्ताहरूमा चन्द्रप्रसाद ढकाल, उत्तमकुमार नेपाल, अम्बिका प्रसाद पौडेल, र भाटभटेनी सुपरमार्केट लगायत रहेका छन् । पछिल्लो समय कम्पनीले केबलकारका साथै साहसिक पर्यटन र रिसोर्ट सेवालाई विविधीकरण गर्दै आफ्नो ब्रान्ड इमेजलाई सशक्त बनाउँदै लगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फ्लाइदुबईको जहाज अपहरण भन्ने खबर , बास्तबिकता भने फरक

दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमान दुई पाइलटहरूबिच ‘उग्र’ झडप भएपछि साउदी अरबतर्फ डाइभर्ट गरिएको स्रोतहरूले सीएनएनलाई बताएका छन्। सीएनएनले विश्लेषण गरेको उडान

आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी

काठमाडौं १४ असोज। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन

वीरगन्ज नाकामा चुनौती पुर्णबन्दै पोके तस्करी

वीरगन्ज ,१४ असोज। मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाका पछिल्लो समय पोके तस्करी नियन्त्रणमा चुनौती बनेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका

(सीडीओ)सहित आठ कर्मचारीको सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा

जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन

काठमान्डौ,१४ असोज । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका क्षेत्रीको बुधबार बिहान ७ बजे अर्घाखाँचीको

मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी

काठमाडौं ,१४ असोज। मंगल ग्रहमा कुनै समय जीवन अनुकूल वातावरण रहेको र सूक्ष्मजीवसँग सम्बन्धित जैविक प्रक्रियाका सम्भावित संकेत भेटिएको नयाँ अध्ययनले देखाएको छ । नासाको