(सीडीओ)सहित आठ कर्मचारीको सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा फेरबदल गरिएको हो।

निर्णयअनुसार रामेछापकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। प्युठानका प्रमुख जिल्ला अधिकारी शान्ति राज प्रसाईंलाई सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा मातहत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, गृह मन्त्रालयकै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवको जिम्मेवारीमा सरुवा गरिएको छ।

यसैगरी गृह मन्त्रालयमा उपसचिव रहेका भक्तीराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ। अर्घाखाँचीमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवका रूपमा सरुवा गरिएको छ।

मन्त्रालयको निर्णयसँगै सम्बन्धित जिल्लामा नयाँ प्रशासनिक नेतृत्वअनुसार कर्मचारी खटिने भएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा