नेपालको पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्गले नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

काठमाडौं,११ साउन । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन समारोहमा बोल्दै उक्त सुरुङ नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ ।

उहाँले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो सुरुङमार्ग भएकाले यसले देशको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गरेको उल्लेख गर्नु भयो ।

विगतदेखि नै काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा रहेको नागढुंगा सडकखण्ड अत्यधिक सवारी चाप र जोखिमयुक्त मार्गका रूपमा परिचित रहेको स्मरण गर्दै उहाँले अब त्यस अवस्थाको अन्त्य भएको बताउनु भयो ।

सचिव सिग्देलले सुरुङमार्गले केवल पहाड छिचोलेर बाटो बनाएको मात्र नभई यात्राको समयलाई केही मिनेटमा सीमित गर्दै घुमाउरा सडक र पहिरोको जोखिमबाट यात्रुलाई मुक्ति दिलाउने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले यो उपलब्धि नेपाल सरकारको दूरदर्शी योजना र जापान सरकारको निरन्तर सहयोगको परिणाम भएको बताउनु भयो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण वित्तीय सहयोगबिना यो परियोजना सम्भव नहुने उल्लेख गर्दै नेपाल–जापानबीचको लामो मित्रताको पछिल्लो र महत्वपूर्ण उदाहरणका रूपमा यस सुरुङमार्गलाई व्याख्या गर्नु भयो ।

सिग्देलले समारोहमा उपस्थित जाइकाका अध्यक्ष तथा नेपालका लागि जापानका राजदूतप्रति आभार व्यक्त गर्दै नेपालको विकासमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्नु भयो ।

उहाँले नेपाली र जापानी प्राविधिक तथा इन्जिनियरहरूले भौगोलिक जटिलता, विश्वव्यापी कोभिड–१९ महामारी र हिमाली भू–बनोटका चुनौतीका बीच पनि संयुक्त रूपमा काम गरी परियोजना सफलतापूर्वक सम्पन्न गरेको बताउनु भयो ।

त्यस्तै, निर्माण कार्यमा संलग्न निर्माण कम्पनी, परामर्शदाता तथा विशेषगरी नेपाली र जापानी श्रमिकहरूको योगदानको उच्च मूल्यांकन गर्दै सचिव सिग्देलले उनीहरूको मेहनत, धैर्यता र सीपकै कारण सुरुङमार्ग निर्माण सम्भव भएको उल्लेख गर्नु भयो ।

उहाँले यस परियोजनामार्फत नेपाली प्राविधिक तथा कामदारहरूले पहाडी सुरुङ निर्माणसम्बन्धी महत्वपूर्ण अनुभव हासिल गरेको बताउँदै भविष्यमा यस्ता पूर्वाधार आयोजना निर्माणमा उक्त अनुभव उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानी विधेयकले पायो गति

काठमाठौं ,११ साउन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने

बोलबम यात्राका क्रममा दुई पक्षीय झडप : सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज (नयाँ हटिया) क्षेत्रमा दुई समुदायबीच हिंसात्मक झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको

प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न सरकार विभागको चेतावनी

काठमाडौं,११ साउन । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले

नेपालको पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्गले नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

काठमाडौं,११ साउन । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन समारोहमा बोल्दै उक्त सुरुङ नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

काठमाडौं,११ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने शिक्षामन्त्रीको प्रतिबद्धता

जनकपुर,११ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिनु भएको छ । सोमबार