घटनाबारे अनुसन्धान जारी

नोबेल मेडिकल कलेजका डाक्टर यादव मृत भेटिएपछि ४ पक्राउ

 

 

 

 

 

विराटनगर कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालको हाडजोर्नी विभागमा तीन वर्षदेखि कार्यरत चिकित्सक विजय यादव शनिबार डेराको गेटमा मृत अवस्थामा फेला परेका छन् । उनलाई बाहिर हत्या गरी त्यहाँ ल्याएर फालिएको हुन सक्ने अनुमान गरिएको छ ।

मृतको मुख र नाकबाट रगत निस्कनुका साथै छाती, ढाड, हात र खुट्टामा चोटपटक छ । सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रष्ठले बताए । सप्तरीको भवानीपुर खुरखुरियाका यादव शुक्रबार मोरङको कटहरीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सहभागी भएर साँझ ५ बजे फर्केको अस्पतालका निर्देशक नारायण दाहालले बताए । उनी अस्पतालकै गाडीमा फर्केर अस्पतालको गेटमा उत्रिएका थिए । त्यहाँबाट विजयको डेरा करिब डेढ सय मिटरपूर्वमा छ ।

शिविरबाट फर्केपछि यादव अस्पतालमा हाडजोर्नीसम्बन्धी उपकरण सप्लाई गर्ने जीवन कठेत र अर्का साथी सुदीप पौडेलसँग एयरपोर्ट लाइनको तृष्णा होटलमा राति ११ बजेसम्म बसेको पाइएको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । प्रहरीले कठेत र पौडेललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

होटलमा बसेर खानपिन गरेको र आफूहरू तीनै जना एउटै स्कुटर चढेर ११ बजे राति विजयलाई उनको डेरा नजिक पुर्‍याएर फर्केको उनीहरूको दाबी छ । उनी अस्पताल अगाडि नहर पूर्वको प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए । स्थानीयले बिहान यादवको मृत शरीर घरको गेटमै देखेपछि प्रहरीलाई खबर गरेका थिए । होटलमा बस्दा विजयको मोबाइलले तीन जनाको भिडियो खिचेको थियो । त्यो भिडियो माग्न राति १२ बजेपछि विजयलाई फोन गर्दा उनको फोन नउठेको कठेत र पौडेलको भनाइ छ ।

मृत फेला परेका यादवको एउटा खुट्टामा जुत्ता र अर्को खाली थियो । घटनास्थलको प्रत्यक्षदर्शी तथा यादवको मामा उपेन्द्रका अनुसार घरको गेट अगाडि महिलाका जुत्ता चप्पल, डेरा जाने सडक, नहरको डिल र त्यहाँको मिथिला फार्मेसी अगाडि रगतका टाटा थियो । उक्त फार्मेसीका सञ्चालक राजेश यादवलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । यादवसँग ६ महिना पहिला झगडा गर्ने नोबेलकै बबी यादव नामले चिनिने चिकित्सकलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

‘विजय शुक्रबार राति कोठामा पुगेको देखिँदैन,’ उनका दाजु हिरा यादवले भने, ‘उनको कोठा खोलिएको छैन, गोजीमा मोबाइल जस्ताको तस्तै छ ।’ उनले वास्तविकता बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेका छन् । मोरङ प्रहरीले घटना स्थलमा परिचालन गरेको कुकुरले शव सुँघेर दक्षिणमा रहेको नहर छेउको बाँसघारी हुँदै पूर्वतर्फको कञ्चनबारी चोक पुगेर फर्केर तृष्णा होटलसम्म पुगेको थियो । स्थानीयका अनुसार शुक्रार राति ११ बजेपछि विजयको डेरादेखि ५० मिटर उत्तर र ५० मिटर पूर्वतर्फ केही युवाहरूको ग्याङफाइट भएको थियो । केहीबेरसम्म झगडा भएको र त्यसपछि भागाभाग भएको थियो । स्थानीयका अनुसार विजयलाई त्यही कुटपीट गरेर घरको गेटभित्र लडाएर भागेका हुन सक्छन् ।

प्रवक्ता डीएसपी श्रेष्ठले प्रहरी दोषीको नजिक पुगिसकेको र चाँडै वास्तविकता बाहिर आउने बताए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । बंगलादेशबाट एमबीबीएस गरेका मृतक २७ वर्षीय यादव अविवाहित र घरका एक्ला छोरा थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न