नागरिकको मृत्युमा राज्यको मौनता माथि थापाको प्रश्न

काठमाडौं,१४ साउन। नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गर्नु भएको छ ।

सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको हो । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

उहाँले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताउनु भयो ।

नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाउँदै उनले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र निष्पक्ष तथा विश्वसनीय छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

सांसद थापाले उक्त घटनापछि आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा सामाजिक सञ्जालमा लेखेको टिप्पणी स्मरण भएको बताउनु भयो। उहाँले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति र वर्तमान मौनतामाथि प्रश्न उठाउँदै पद परिवर्तनसँगै व्यवहार पनि परिवर्तन भएको हो भन्ने जिज्ञासा व्यक्त गर्नुभयो ।

उनले सन्तान गुमाउने पीडा सबै अभिभावकका लागि समान हुने उल्लेख गर्दै कप्तानगञ्ज घटनामा एक युवाको मृत्यु र दर्जनौँ नागरिक घाइते हुँदा पनि सरकार मौन बसेको आरोप लगाउनु भयो । प्रधानमन्त्री र गृहमन्त्री दुवैको मौनताले सरकारको संवेदनशीलतामाथि प्रश्न उठेको उहाँको भनाइ थियो ।

थापाले नेतृत्व प्रशासन सञ्चालनमा मात्र सीमित नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्ने दायित्व पनि भएको बताइन् । राज्य आफ्नै नागरिकको मृत्युमा मौन बस्दा न्याय प्रणालीप्रतिको विश्वास र राज्यप्रतिको भरोसा कमजोर हुने उहाँको भनाइ थियो । नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएकाले त्यसबाट सरकार कुनै पनि अवस्थामा विमुख हुन नहुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सम्पूर्ण नेपालीलाई पहिचानको साझा आधार नेपालीत्व, सहअस्तित्व र भाइचारालाई मजबुत बनाउन आग्रह गर्दै अफवाह, घृणाको राजनीति र सामाजिक विभाजनबाट टाढा रहन आह्वान गर्नुभयो । नेपालको भविष्य हिंसामा नभई सहनशीलता, सद्भाव र राष्ट्रिय एकतामा रहेको उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं ,११ असोज। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको

मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने