मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने नासों गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ ।

बाढीले नासों गाउँपालिका–८ र ९ जोड्ने झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ । त्यस्तै चामेमा रहेका दुईवटा अस्थायी काठे मोटर पुलमा पनि क्षति पुगेको छ । बाढीका कारण चामे बजार क्षेत्रमा समेत बगर र बालुवाले भरिएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार मनाङ ङिस्याङ गाउँपालिका अझै फोन सम्पर्कमा आउन सकेको छैन । बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा सम्पर्क तथा आवागमन प्रभावित भएको उहाँले बताउनु भयो।

त्यस्तै, मनाङको मेरुदण्डका रूपमा रहेको बेँसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मनाङ सदरमुकाम चामेसहित जिल्लाका विभिन्न क्षेत्रमा आवागमन प्रभावित भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी