लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

काठमान्डौं, १४ साउन।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्नुभएको छ। बिहीबार बसेको मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। त्यस्तै, अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

अर्थमन्त्री वाग्लेले नवगठित समितिलाई आन्दोलनरत लघुवित्त पीडितसँग तत्काल वार्ता सुरु गरी समस्या समाधानको पहल गर्न निर्देशन दिनुभएको छ। समितिको पहिलो बैठक बिहीबार नै अर्थ मन्त्रालयमा बस्ने र त्यसपछि पीडित पक्षसँग औपचारिक छलफल अघि बढाउने तयारी गरिएको छ।

विगत केही दिनदेखि लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। उनीहरूले लघुवित्त संस्थाहरूबाट भइरहेको भनिएको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, किसान तथा ऋणीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, ऋण तिर्न नसक्दा लिलामी भएका वा प्रक्रियाबाट गुमेका जग्गा फिर्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्।

पीडितहरूले लघुवित्त संस्थाको कर्जा प्रणाली, उच्च ब्याजदर, ऋण असुली प्रक्रिया र आर्थिक समस्यामा परेका परिवारको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
सरकारले वार्ता समिति बनाएसँगै अब आन्दोलनरत पक्ष र सरकारबीच प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने प्रयास सुरु भएको छ।

समितिले पीडितका माग, कानुनी व्यवस्था, राष्ट्र बैंकको नीति तथा लघुवित्त क्षेत्रका समस्याबारे छलफल गरेर समाधानका उपाय सिफारिस गर्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं ,११ असोज। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको

मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने