लोकप्रियता कमाउने होडबाजी

देखावटी लोकप्रियता कमाउनकै लागि जनप्रतिनिधीहरुले कुनैपनि सरकारी सेवासुविधा नलिने प्रतिबद्धता गर्दै

मोरङ/  स्थानीय तहको निर्वाचनको मिती नजिकिँदै गर्दा बिभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले लोकप्रियता कमाउनकै लागि बिभिन्न घोषणा गर्न थालेका छन् ।

यस्तैमा पर्नुहुन्छ मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोपनि । उहाँले निर्वाचनको मिती नजिकिएका बेला आइतबारदेखि सरकारी सेवा सुविधा सबै फिर्ता गर्ने घोषणा गर्नुभएको छ । मोरङ्गको उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागोले आइतबारदेखि सरकारी सेवा सुविधा सवै फिर्ता गर्नु भएको छ ।

उहाँले पार्टीका कार्यकर्ता, जनप्रतिनिधि, सर्वसाधारणलाई समेत राखेर पत्रकार सम्मेलन गर्दै चैत्र २० गते देखि सबै सेवा सुविधा नलिने प्रतिबद्धता जनाउनु भएको हो । आफूले चढ्दै आएको सवारी साधन समेत फिर्ता गरेर जनताले तिरेको करबाट सबै जनप्रतिनिधिहरुकोे मासिक ७ लाख रुपैया खर्च हुने गरेकाले सो बजेट जोगाउन आफूले यो निर्णय गरेको नगर प्रमुख फागोको भनाई छ ।

उहाँले सबै जनप्रतिनिधिहरुलाई आफूले खाईपाई आएको सबै सेवा सुविधा, तलवभत्ता, सवारी साधन फिर्ता गर्न निर्देशन समेत दिनु भएको छ । तर नगरप्रमुखको भन्दा फरक मत छ उपप्रमुख लक्ष्मी देवी भण्डारीको । उहाँले नगर प्रमुखप्रति कटाक्ष गर्दै नगर प्रमुखले कुनैं काम पनि नियम संगत नगरेको, एकलौटी मनोमानी ढंगले काम गर्ने गरेको, पाँच वर्षसम्म कार्य विधि बिनै काम चलाएको जस्ता आरोप लगाउनु भएको छ ।

अब बचेको ६ करोड ३२ लाख बजेट, चुनाव पछि आउने जनप्रतिनिधिबाट काम गर्ने बताउनु भयो । कार्यक्रममा उपस्थित अधिकांसले काम गर्न जिताएर पठाएका जनप्रतिनिधिहरु आफै जुहारी खेलेर समय विताएको भन्दै टिका टिप्पणी गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको